यो डोमेस्टीक चार्ज हुने गाडी हो

शुभाष शर्मा, सेल्स एण्ड मार्केटिङ डाइरेक्टर
जेमिनी इन्कर्पाेरेटेड प्रा. लि.

जेमिनी इन्कर्पाेरेटेड प्रालीले नेपालमा रेसेन्स ब्राण्डको इभी ल्याउन लागेको छ । ३०० किलोमिटर प्रती फूल चार्ज माइलेज भएको मिनी एसयुभीलाई वितरक कम्पनीले इन्टरसिटी एसयुभीको रुपमा फोकस गरेर ल्याउन लागेको छ ।
यसको ग्राउण्ड क्लियरेन्स २३० एमएम रहेको छ । जुन इभीमा सबैभन्दा बढी हो । त्यस्तै यो गाडीमा चार्जिङ व्याकअपको रुपमा सोलार प्यानल पनि जडान भएको हुन्छ । घाममा कार हिड्दा वा पर्किङ गर्दा सोलार प्यानलले ३० प्रतिशतसम्म व्याट्रीमा चार्जिङको योगदान गर्न सक्छ । यसले व्याट्रिको क्षमतालाई बढाउछ, मोटरको लोड घटाउछ र व्याट्रीको आयु पनि बढाउँछ । त्यस्तै सोलार प्यानलले एक बर्षमा ६०० किलोवाट विजुली बचाउँछ । त्यस्तै गाडीमा सोलार प्यानल पनि भएकोले चार्ज सकिने हो की भन्ने इन्जाइटी पनि घटाउछ ।
कम्पनीले नेपालको सडक अवस्थालाई टार्गेट गरेर यो रेन्ज र ग्राउण्ड क्लियरेन्सको गाडी ल्याएको जनाएको छ ।
कम्पनीको बुझाईमा नेपालमा कारको भन्दा एसयुभीको मार्केट राम्रो छ । यो गाडी कम्पनीले आर्कषक मुल्यमा ल्याउन लागेको छ । अहिलेको बजारमा जिप वा क्रसओभर मोडलको गाडी चढ्न चाहने उपभोक्ताहरु धेरै भएकोले यो गाडी धेरैको रोजाइमा पर्ने देखिन्छ ।
उत्पादक कम्पनीले उत्पादन गरेका धेरै भेरिएन्ट मध्येको यो टप भेरिएन्ट रहेको कम्पनीले जनाएको छ । कम्पनीका सेल्स एण्ड मार्केटिङ डाइरेक्टर शुभाष शर्मा भन्नुहुन्छ “धनगढीदेखी महेन्द्र नगर, झापादेखी विराटनगर, पोखरादेखी दमौली जस्ता १०० किलोमिटर आसपासका शहरहरुमा जान पनि २०० किलोमिटर माथिको माइलेजको गाडी चाहिन्छ । २०० किलोमिटर गुड्न २२० किलोमिटर माइलेज भएको गाडीमा जोखिम लिन सकिदैन । त्यसैले हामीले ३०० किलोमिटर भन्दा बढी माइलेज त्यसमा पनि सोलार प्यानल भएको गाडी ल्याएका हौं ।
त्यस्तै यो कम्पनी गाडीमा प्रयोग हुने सोलार गाडीको प्याटेन्ट राइट लिएको कम्पनी हो । चाइनाले अहिले ग्लोबल मार्केटलाई इभी बनाइरहेको छ । लेफ्ट ह्यान्ड ड्राइभको लागी चाइनामा धेरै इभी कम्पनीहरु छन् । तर राइट ह्याण्ड ड्राइभको लागी कम्पनीको अभाव छ । तर हामीले भाग्यबस नेपालको लागी सुहाउँदो कार उत्पादक कम्पनी पाएका छौं ।”
रेसेन्स इभीको व्याट्रीमा ५ वर्षको वारेन्टी रहेको छ । त्यस्तै यसको मोटरमा १ वर्षको ग्यारेन्टी रहेको छ । त्यस्तै यसमा १४ इन्चको अलो व्हील, एसी, सेन्टरलक, पावर स्टेरिङ, पुस बटम, पावर विण्डो, रिमोट कि इन्ट्री, एलिडी डिस्प्ले लगायतका आधुनिक गाडीमा हुने सम्पुर्ण सुविधाहरु रहेका छन् । त्यस्तै यसमा भोल्टेज कन्ट्रोल सिस्टम पनि भएकोले व्याट्री ढुक्कले चार्ज गर्न सकिन्छ ।
यो ३५ वर्षदेखीका अनुभवी अटो व्यवसायीहरुले चलाएको कम्पनीले ल्याएको गाडी हो । त्यसैले यो इभीको भविष्य सुरक्षित देखिन्छ । कम्पनीले विर्तामोड, इटहरी, नेपालगञ्ज, सुर्खेत, धनगढी, लगायतका स्थानमा सम्पुर्ण सुविधा सहितको डिलर नेटवर्क तयार भैसकेको जनाएको छ । गाडी लन्च हुने बेलासम्म अन्य डिलर पनि तयार हुने कम्पनीले जनाएको छ । यो डोमेस्टीक चार्ज हुने गाडी हो । यसलाई मोवाइल चार्ज हुने प्लगहरुमा सजिलैं चार्ज गर्न सकिन्छ । त्यसैले यो गाडी १ घण्टा चार्ज गर्दा पनि ८० किलोमिटर गुड्छ । गाडीको फूल चार्ज गर्न भने ४ घण्टा लाग्छ ।
यस गाडीमा १४ इन्चको अलो व्हिलको प्रयोग भएको छ । कम्पनीले मिनी एसयुभी रुचाउने आम उपभोक्ताको रोजाईमा यो गाडी पर्ने विश्वास लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *