अहिले स्मार्ट ड्राइभिङ लाइसेन्स लिनका लागि लामो समय यसका लागि पर्खिनु पर्ने अवस्था पनि छ ।
कार्ड नवीकरण गर्दा वा ट्रायल पास गरेको अवस्थामा स्मार्ट कार्ड पाइन्छ । विभिन्न यातायात व्यवस्था कार्यालयहरुले सेवाग्राहीका लागि आफ्नो स्मार्ट कार्ड प्रिन्ट भए नभएको थाहा पाउने व्यवस्थाका लागि विभिन्न प्रविधिको व्यवस्था गरेका छन् ।
ललितपुरको एकान्त कुनास्थित यातायात व्यवस्था कार्यालयले प्रिन्ट भएर कार्यालयमा प्राप्त भैसकेका स्मार्ट कार्डको वितरण आइतबारदेखि शुक्रबार हरेक दिन बिहान ८ बजेबाटै गरिरहेको बताएको छ । आफ्नो स्मार्ट कार्ड छापिएको अवस्थामा बिहानै आएर कार्ड संकलन गरि लाभ लिनु समेत कार्यालयले सबै सेवाग्राहीलाई अनुरोध गरेको छ ।
आफ्ना कार्ड प्रिन्ट भएको नभएको जानकारी लिनका लागि http://ekantakunalicense.bagamati.gov.np/license-status मा क्लिक गरी निर्देशन अनुसार गर्न सकिन्छ ।
त्यसैगरी स्मार्ट ड्राइभिङ लाइसेन्स तयार भए वा नभएको थाहा पाउनका लागि अंग्रेजी ठूलो अक्षरमा एलसी लेखी आवेदन दिँदाको दर्ता नम्बर लेखेर ३१००३ मा एसएमएस गर्न सकिन्छ ।