रुद्र खड्का
अध्यक्ष, श्री नेपाल अटोमेकानिक व्यवसायी संघ, ललितपुर
कहिलेदेखी यो क्षेत्रमा हुनुहुन्छ ?
मेरो घर सिन्धुली दुधौली हो । म एनजिओमा काम गर्दै थिए । त्यहाँ कमाइ राम्रै थियो । तर पढाई पुरा नभैसकेकोले त्यँहा मलाई काम गर्न समस्या भो । त्यसपछी मैले अब जागीर खाने हैन जागिर दिने हो भनेर मेकानिक्स हुने निर्णय गरे । त्यसपछी मैले बजाज, यामाहा लगायतका ब्राण्डमा काम सिके अनि भैसेपाटीमा सर्भिस सेन्टर खोले । त्यसपछी सुरुमा हामी नाटुसँग आवद्ध भयौ । तर त्यसले हाम्रो हित नहुने देखेर हामीले यो मेकानिक्स व्यवसायी संघ खोलेर संगठित भएर अगाडी बढेका छौं ।
तपाई अध्यक्ष भएपछी अहिले के के काम सुरु भएको छ ?
अहिले नयाँ टिम बनेको छ । भरखरै देशको स्थानिय निकायको चुनावको माहोल सकिएको छ । थप मेकानिक्सहरुलाई यो सँस्थामा आवद्ध गराउने र टिमसँग मिटिङ बसेर क्रमिक रुपमा नयाँ कार्य योजना बनाउने निर्णय भएको छ ।
यो सँस्था स्थापना भएपछी अहिलेसम्म के के काम भयो ?
यो सँस्था २०७४ सालमा स्थापना भएको हो । त्यो बेलामा हामीले ट्रेड युनियन तिर लाग्नु भन्दा पनि मेकानिक्सको हित हुने गरी व्यवसायी संघ खोल्नु पर्छ भनेर सुरु ग¥यौ । संगठन बनेपछी मेकानिक्सका समस्याका विषयमा छलफल र समाधान तिर लाग्यौ । ट्राफिकसँग मिलेर मेकानिक्सलाई नै टेष्ट ड्राइभ गर्दा दुर्घटना हुने विषयमा सचेत गराउने काम ग¥यौ । त्यस्तै धेरै कम्पनीहरु सँग मिलेर मेकानिक्सलाई नयाँ–नयाँ मोटरसाइकलको बारेमा तालिम दिने काम ग¥यौ । त्यसै गरी विभिन्न राम्रा लुब्रिकेन्टस्लाई सहयोग गर्ने निर्णय गरेर मिलेर गयौ । अनी राम्रा राम्रा पार्ट्स कम्पनीहरुले पनि हामीसँग सहकार्य गरेकोले हामीले मेकानिक्सहरुलाई गुणस्तरिय पार्ट्सको विषयमा पनि जानकारी गरायौ ।
मेकानिक्सहरुलाई कुन–कुन ब्राण्डका वाइको तालिममा सहभागी गराउनु भयो ?
यामाहा, बजाज, टिभिएस, भेस्पा, क्रसफायर लगायत ब्राण्डका वाइकको तालिममा हामीले मेकानिक्सलाई सहभागी गरायौ । अब बुलेट लगायतका ब्राण्डसँग काम गर्ने योजना तयार भैरहेको छ ।
कुन–कुन लुब्रिकेन्टसँग सहकार्य गर्नु भयो ?
अहिले बजारमा २०० भन्द बढी बढी लुब्रिकेन्ट छन् । कुन प्रयोग गर्ने नयाँ नयाँ मेकानिक्सहरु अलमलमा परेका हुन्छन् । त्यसैले हामीले क्यास्ट्रोलका अतिरिक्त मोटुल, सेल, सर्बो गल्फ, इनी, एचपी लगायतका लुब्रिकेन्टलाई बेला बेलामा सहयोग गरेका छौ भने नेपालमै बनेको सुरक्षा लुब्रिकेन्टलाई पनि हामीले सपोर्ट ग¥यौ । तर कस्टुमरले आधिकारिक यो लुब्रिकेन्ट भनेको खण्डमा हामी त्यही हाल्छांै ।
केही मेकानिक्सले सर्भिस सेन्टरमा नै आएर सिक्छन् र उपभोक्ताको मोटरसाइकल बिगार्छन् । यस्तो विषयको नियन्त्रणको लागी के गर्नु भएको छ ?
यो विषयमा हामीले मेकानिक्सलाई सजग गराउन नै विभिन्न खालका तालिममा सहभागी गराएका हौ । त्यही भएर हामीले ग्यारेज चलाउने मेकानिक्सहरुलाई हाम्रो संगठनमा बोलाउछौं । कतिले दर्ता नगरी चलाएका हुन्छन् । तिनिहरु मनलाग्दी स्थान परिवर्तन गर्छन् । तिनिहरुले हाम्रो व्यवसायलाई पनि असर पारेका छन् । तिनिहरुकोमा उपभोक्ता जाँदा बस्ने एउटा टुल पनि हुदैन । हामी त्यस्ता मेकानिक्सहरुलाई पनि व्यवस्थित गर्दैछौ, उनिहरुलाई स्थानिय निकायमा दर्ता हुन सल्लाह दिन्छौ भने हामीसँग आवद्ध भएका मेकानिक्सलाई तालिम दिएर उपभोक्ताको सवारीको अनावस्यक सामान फेर्न भन्दा मर्मत गर्नुपर्छ भनेर संझाउछौ । कतिपय आधिकारी सर्भिस सेन्टरमा सानो भित्रको पार्टस् बिग्रिदा ठिक्कै फेरिदिन खोज्छन् । यो पनि उपभोक्ताको लागी घाटाको विषय हो ।
वर्कशपलाई व्यवस्थित गर्न अरु केके गरिरहनु भएको छ ?
दर्ता नभएका, आवस्यक उपकरण नभएका, साना उमेरका असक्षम मेकानिक्स भएका, उपभोक्ता बस्ने स्थान नभएका र आगलागी हुदा निभाउने उपकरण नभएका सर्भिस सेन्टरलाई हामी सचेत गराउछौ । भोलि राज्यका निकायसँग मिलेर नियन्त्रण नै गर्छौ । त्यस्तै अहिले हामीले केही नमुना सर्भिस सेन्टरको रुपमा उपकरण, सक्षम मेकानिक्स, बस्ने स्थान, चिया कफि खाने स्थान, आगो निभाउने उपकरण सहितको सर्भिस सेन्टर बनाएका छौं ।
गुणस्तरहीन पार्ट्सको प्रयोग नहोस भनेर के प्रयास गर्नुहुन्छ ?
अहिले उपभोक्ताको माग अनुसार हामी जेनुन पर्ट्स नै धेरै प्रयोग गर्छौ । त्यसो नहुदा पनि ब्राण्डेड राम्रो सामान प्रयोग गर्छौ । तर अघि भने जस्ता अस्थाई सर्भिस सेन्टरले चाही सारै गुणस्तरहीन सामानको पनि प्रयोग गर्छन् । त्यसलाई हामीले नै व्यवस्थित गराउने हो तर त्यसको लागी सर्भिस सेन्टर दर्तामा सरकारले पनि सहयोग गर्नु पर्छ । हाम्रो संगठनमा आवद्ध हुने सिमा परिका साथिहरुलाई पनि हामीले वडामा दर्ता गर्ने व्यवस्था गरेका छौ । कर नतिरीकन व्यावसाय गर्नु पनि अपराध हो । त्यस्तै हामी उमेर नपुगेका वालकलाई काममा राख्न समेत रोक्छौं ।
सर्भिस सेन्टरको पानीले सडक भत्काएको देखिन्छ । यो विषयमा के काम गर्न चाहनुहुन्छ ?
हाम्रा सर्भिस सेन्टरले सडकलाई प्रभाव पार्ने र सडक भत्काउने काम हुदै आएको छ । तर ललितपुरमा हामीलाई यो विषयमा सिताराम हाछेथुले केही वर्ष अगाडी सजग गराउनु भो । त्यसपछी केही हद सम्म नियन्त्रण भएको छ । अझै हामीले कतै सडक विगारेको देखेको खण्डमा सचेत गराउने बाचा म तपाईसँग पनि गर्छु । अटेर गर्नेहरुलाई माहानगर पालिका मार्फत कारवाही हुन्छ ।
भविष्यको लागी तपाईको के के योजना रहेको छ ?
कतिपय व्यवसायीले हामीले दिएको मुल्य सुचि र मापदण्डको पालना नगरेको पाएका छौ । फेरी सर्भिसको मुल्य सुचि दिन्छौ र संझाउछौ । हाम्रो संगठन र ट्रेड युनियनको संयुक्त सल्लाहमा बनाउछौ । त्यस्तै व्यवसायी समस्या फोनबाट सु्न्ने र सहयोग गर्ने काम पनि सुरु गर्दै छौ । सर्भिस सेन्टरलाई व्यवस्थित बनाउदै लाने । थप सामाजिक काम गर्ने । रक्तदान, सरसफाईका काम गर्ने पनि योजना बनाएका छौ ।