नेपालमा बजाजको पल्सर एन २५० र एन १६०

बजाज मोटरसाइकलको नेपालको लागि एक मात्र आधिकारिक बिक्रेता हंशराज हुलासचन्द एन्ड कम्पनी प्रालिले पल्सरको नयाँँ मोडलको बाइकहरु एन २५० र एन १६० सार्वजनिक गरेको छ । हरेक दिन चलाउन पनि हुने र पावर र पर्फर्मेन्स युक्त स्पोर्टि लुक भएको मोटरबाइक रुचाउने युवा पुस्ताको लागि यो बाइक डिजाइन गरिएको कम्पनीले जनाएको छ ।
गोल्छा ग्रुपका डिरेक्टर अभिमन्यु गोल्छाज्युले भन्नुभयो,“नेपालमा लन्च भए देखि नै पल्सर बाइकले बाइकिङ क्षेत्रको लागि नयाँँ मापदण्ड खडा गरेको छ । ७० भन्दा बढी देशहरुमा गरेर पल्सर विश्वव्यापी रुपमै सर्वाधिक रुचाइएको ब्रान्ड भएको छ र फेरी पनि यही सिलसिलालाई कायम राख्दै पल्सरले २ वटा बाइकहरु लन्च गरेको छ, जसले बाइकिङ क्षेत्रको लागि फेरी नयाँँ मापदण्ड खडा गर्नेछन् ।”

पल्सर एन२५०
मोडर्न एरो डाइनामिक डिजाइन र शार्प युनिबडी जेस्चर भएको पल्सर एन २५० हेर्दा अत्यन्तै आकर्षक देखिन्छ । यसको स्याटन ग्रे फिनिश एग्जस्ट र चौडा टायरहरुले यसलाई झनै स्पोर्टि र स्टाइलिश लुक दिएको छ । नयाँँ स्पोर्टस टेक थिममा डिजाइन गरिएको यो बाइकमा प्रयोग गरिएको नयाँँ प्रिमियम मेटालीक कलरले पनि बाइकको स्कल्प्चरल प्युरिटीलाई हाइलाइट गरेको छ ।
अगाडिदेखि पछाडिसम्म विस्तारै हल्का कम हुँदै गएको टोनले गर्दा यसलाई जती हेरे पनि फ्रेश देखिन्छ । साइड कभर र ट्यान्क साइडको स्याटन ब्ल्याक फिनिशले ट्यान्कको मेटालिक ग्लसलाई मजासँग कम्प्लिमेन्ट गरेको छ । त्यस्तै एन्जिन कभरमा प्रयोग गरिएको डिप कपरले यसलाई झनै आकर्षक देखाएको छ ।

सबैभन्दा शक्तिशाली १५० सिसीदेखि लिएर एन एस २०० को पावरसम्म आउँदा पल्सर सदैव सबैभन्दा फास्टेस्ट बाइक हो । यसको २५० सिसिको डिटिएस्आइ ओइल कुल्ड एनजिनले २४Þ५ को पिएस्को स्मुथ पावर र २१Þ५ एनएमको टर्क र साथ–साथै यसको सिग्नेचर १० सेकेन्ड अड्रेनलिन रश पनि दिन्छ । साथै यसको निम्बल फुटेड ह्यान्ड्लिङ र सुविधाजनक मिड रेन्जले हरेक दिनको बाइक राइड सजिलो बनाउँछ ।

पल्सर एन १६०
पल्सर २५० कै प्ल्याटफर्म प्रयोग गरेर बनाइएको यो पल्सर एन् १६० मा डुअल च्यानल एबिएस् सिस्टम प्रयोग गरिएको छ जुन यो भन्दा अगाडिको मोडलहरुमा प्रयोग गरिएको थिएन । साथै यसमा १६५ सिसि BS-6 इन्जिन, एलइडि प्रोजेक्टर हेड्ल्याम्प रहेका छन् । यस अघि कहिल्यै नभएको पावर, प्रेसिजन र कन्ट्रोल प्रदान गर्ने हिसाबले यस बाइकको डिजाइन गरिएको कम्पनीले जनाएको छ । स्पोर्टि लुक भएको र हरेक दिन चलाउन मिल्ने बाइक खोजिरहेका युवा पुस्तालाई यो बाइक मनपर्ने विश्वास गरिएको छ ।
यसमा कम्प्लाएन्ट १६५ सिसिको इन्जिन प्रयोग गरिएको छ। यसले ८७५० आरपिएममा १६ पिएसको पावर र ६७५० को आरपिएममा १४.६५ एनएमको टर्क निकाल्न सक्छ । सुधारिएको पिकअपको लागि ८५ प्रतिशत सम्मपिक टर्क उपलब्ध रहेको कम्पनीले दावी गरेको छ । यसले ४ भल्भ इन्जिन भएको पल्सर एनएस १६० सिसि भन्दा १.२ बिएचपि कम पावर निकाल्छ । यसमा ५ स्पिडको गियर बक्स छ ।
मोनो शक रियर सस्पेन्सन, एलइडि प्रोजेक्टर हेड ल्याम्प, अन्डर बेली एग्जस्ट सिस्टम युक्त यो बाइक ट्युबुलर फ्रेम च्यासिसमा बनाइएको छ। साथै यसमापल्सर एन २५० कै जस्तै फुएल ट्यान्क एक्स्टेन्सन, स्प्लिट सिट, एलोइ व्हिल र टेल लाइट राखिएको छ ।

यसको डुअल च्यानलएबिएस भर्सन ब्रुक्लिन ब्ल्याक शेडमा उपलब्ध छ। यसमा ३०० एमएम फ्रन्ट डिस्क र २३० एमएमको रियर डिस्क रहेको छ । साथै यसमा यु ईशा् बि चार्जिङ पोर्ट, १४ लिटरको फुएल ट्यान्क र गियर पोजिसन, समय, फुएलएकोनोमी र पेट्रोल खपत देखाउने डिजिटल एनालग इन्स्ट्रुमेन्ट पनि रहेको छ ।

नेपाली बजारमा यी बाइकहरुको मुल्य क्रमश: ४,८९,९०० र ३,७९,९०० रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *