आइमा इभीको टाइगर एस ५ बजारमा

हिमाल इभी मोटर्स प्रालि नेपालमा चाइनाको आइमा इभीको बिक्री सुरु गरेको छ । यसले टाइगर एस ५ लगायत विभिन्न मोडलहरु ल्याएको छ । अहिले भने आइमा एस ५ मात्रै बिक्री गरिरहेको छ ।
आइमा इभीको स्थापना चाइनामा १९९९ मा भएको हो । हामीले इभीको नामै नसुन्दा पनि चाइनामा यसले उत्पादन गरेर बिक्री गरिरहेको थियो । यसले इभी सेगमेन्टमा १ हजारभन्दा बढी वस्तुको उत्पादन गर्छ । यसले टु ह्विलर, थ्री ह्विलर, मोपेड, बाइक, कार्गो, सिंगल ड्राइभिङ इभीलगायतका इभी उत्पादन गरिरहेको छ ।
हिमाल इभीले अहिले नेपालमा यसको टाइगर एस ५ बिक्री गरिरहेको छ भने टेस्ट ड्राइभका लागि अन्य ४ मोडलहरु उपलब्ध छन् । टाइगर एस ५ को मूल्य अहिले १ लाख ८४ हजार रहेको छ । अहिले छुट भएको कारण यसको मूल्य अहिले १ लाख ७२ हजारसम्ममा दिने कम्पनीले जनाएको छ । यो १२०० वाट मोटर क्यापासिटी भएको स्कुटर हो । यसमा लिड एसिड ब्याट्रीको प्रयोग भएको छ । यसले ६० किलोमिटरभन्दा बढीको माइलेज प्रति फुल चार्ज दिन्छ ।
यसमा पछाडि बस्ने मान्छेलाई समात्नका लागि ह्यान्डी बारको व्यवस्था गरिएको छ । त्यस्तै स्कुटरको अगाडिको भागमा कुनै बोरा वा अन्य सामान राखेर स्कुटर चलाउन सकिन्छ । यसको अगाडिको भागमा १२ इन्चको टायर छ भने पछाडिको भागमा १० इन्चको टायर राखिएको छ । यसमा युएसपी चार्जर छ भने स्कुटर चार्ज गर्न पनि निकै सहज छ । यसको लुक पेट्रोल स्कुटरको जस्तै छ । यो स्कुटर कम्पनीको पेटेन्ट डिजाएन भएकाले यो अरु स्कुटरसँग मिल्दैन ।
यो ब्याट्रीमा एक वर्षको वारेन्टी छ । यो सस्तो ब्याट्री हो । यो ब्याट्री दुई वर्ष सजिलै चल्छ । त्यसपछि फेर्नुपर्दा पनि यो ब्याट्री सस्तो पर्न जान्छ । भोलिका दिनमा यो स्कुटर लिथियम आयन ब्याट्रीसहितको आउँछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *