आइमा चाइनाको पुरानो र भरपर्दो कम्पनी हो

गौरव बजाज
सिइओ, आइटी इन्जिनियर

 

आइटी इन्जिनियर किन व्यवसायमा लाग्नुभयो ?
इन्जिनियर गरे पनि मलाई व्यवसाय गर्ने रहर जाग्यो । नेपालमा हाम्रो फेमिली बिजनेस भएकाले इभी डिपार्टमेन्ट मैले हेरिरहेको छु ।

यो व्यवसाय कहिले सुरु गर्नुभो ?
यो व्यवसायको सेल्स गत अगस्टदेखि मात्रै सुरु भएको हो ।

तपाईं इभीमा नै किन व्यवसाय गर्न तयार हुनुभो ?
इभीको अहिले ग्रोइङ मार्केट भएकाले पनि अहिले मेरो रोजाइमा परेको छ ।

आइमा कसरी च्वाइसमा प¥यो ?
अध्ययन गर्ने सन्दर्भमा आइमा मन प¥यो । यसको सेल विश्वभरमा नै हाई भएकाले हामीले यो ब्रान्ड रोज्यौं । यो चाइनाको पुरानो र परिचित ब्रान्ड भएकाले पनि हाम्रो रोजाइमा प¥यो ।

डिलर कसरी तय गर्दै हुनुहुन्छ ?
पहिला हामीले यो शो रुममार्फत अध्ययन गरेका छौं । हामी ६ महिनापछि डिलर दिन सुरु गर्छौं । धेरै स्थानबाट यसको माग भइरहेको छ ।

फिड ब्याक कस्तो आएको छ ?
फिडब्याक राम्रो आएको छ । तर, यो सिंगल लोडमा चलाउन बनाएको भएकोले मोटा दुई जना भने बस्न मिल्दैन ।

धेरै ब्रान्डको बीचमा यो कसरी अगाडि बढ्ला ?
हाम्रो प्रोडक्ट अरुभन्दा फरक खालको र मूल्य पनि फरक भएकाले जति उपभोक्ताको लागि यो सुहाउने हुन्छ, उहाँहरुको रोजाइमा यो पर्छ । फेरि लुकको कारण पनि यो निकै आकर्षक हुन सक्छ ।

अन्त्यमा यो विषयमा के भन्नुहुन्छ ?
अहिले जति पनि नेपालमा स्कुटर आइरहेका छन् तिनीहरु प्रायः राम्रा र सम्म सडकका लागि तयार भएको हुन्छ । तर, नेपालको बाटोका कारण कहिलेकाहीं यसको रेन्ज फरक देखिन्छ । तथापि सिटी र सिंगल ड्राइभको यो निकै सहज छ । त्यस्तै इभी वातावरणका लागि र नेपालको विद्युत् उपभोगका लागि पनि निकै महत्वपूर्ण छ । त्यस्तै यसले व्यापारघाटा पनि कम गर्दै लान्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *