सुनिता देसार, प्रेसिडेन्ट, बिमा नेपाल
म बिमा नेपालको प्रेसिन्डेन्ट हुँ । यो ओमन इन्टरनेसनल मोटरसाइकल एसोसिएसन अर्थात् बिमा नेपाल महिलाहरुलाई साहसी बनाउन स्थापित भएको संस्था हो । हामी महिलालाई घरको कामका अतिरिक्त प्यासन भएको काम पनि गर्नुपर्छ भनेर प्रोत्साहन गर्न चाहन्छौं । त्यसैका लागि हामीहरुले महिला राइडरको समूह बनाएका हौं । महिलाहरुले पनि केही गर्न सक्छन् है भनेर सन्देश दिनका लागि यो संस्थाको स्थापना भएको हो । हामीले राइडरलाई सेफ्टी राइडिङ कसरी गर्ने र सेफ्टीका लागि कस्ता–कस्ता गियरहरुको प्रयोग गर्ने भन्ने विषयमा पनि जानकारी गराउँछौं ।
अब सुजुकीको यो स्कुटरको कुरा गर्नुपर्दा यसको लुक्स निकै आकर्षक छ । यसको पिकअप बबाल छ । १२५ सीसीको स्कुटर १५० को जस्तो लाग्छ । ब्रेकिङ सिस्टम सबैभन्दा मलाई बढी मन परेको विषय हो । ब्रेकिङ सिस्टम निकै राम्रो छ । अन्य स्कुटरमा जस्तो चिप्लिने सम्भावना छैन । यसको अगाडि सिट तल प्रशस्त स्पेस छ । त्यस्तै पेट्रोल हाल्दा डिक्की खोल्नु पनि पर्दैन । मोबाइल चार्ज गर्न मिल्ने सिस्टम पनि यसमा छ । समग्रमा भन्नुपर्दा यो एक किसिमको स्मार्ट र अहिलेको समय सुहाउने खालको स्कुटर हो ।