लामो दुरीको यात्रामा जानुभन्दा पहिला बाटोमा कुनै पनि प्रकारको समस्याबाट बच्नका लागि कारको राम्ररी सर्भिसिङ गर्नुपर्छ । कारले लामो दुरी तय गरेपछि कारको इन्जिन विस्तारै तातो हुँदै जान्छ र विभिन्न प्रकारको समस्यासँग जुझ्नुपर्ने हुन्छ । कारमा यी सबै कुरालाई मेन्टेन गर्नको लागि कारमा कुलेन्ट जडान गरिएको हुन्छ ।
कुलेन्ट भनेको के हो ?
कुलेन्टले कारको इन्जिनलाई चिसो राखेर थप प्रभावकारी बनाउँछ । कुलेन्ट फ्लसलाई रेडिएटर फ्लस पनि भनिन्छ । यो कार भित्रको कुलेन्ट सफा गर्ने रसायनको मिश्रण हो । साथै यो स्केलिङ र खिया हटाउन पनि प्रयोग गरिन्छ । यो कारमा हुनु सबैभन्दा महत्वपूर्ण छ ।
कारको कुलेन्ट लेभल स्थिर छ र अझै पनि कारको इन्जिन अत्यधिक तातिरहेको छ भने कार प्रदूषित कुलेन्टमा चलिरहेको छ भनी बुझ्नुपर्छ । कारको कुलेन्ट चुहावट भएमा कारको रेडिएटर फ्लस गर्नुपर्छ । साथै कुलेन्टले रङ परिवर्तन गर्न थाल्यो भने पनि रेडिएटरलाई फ्लस गर्नुपर्छ ।
कारको इन्जिनबाट गन्ध आएमा पनि कुलेन्ट परिवर्तन गर्नुपर्छ भन्ने संकेत दिएको हुन्छ । कारमा दुर्गन्धको कारण कारको इन्जिन अत्याधिक तातो हुनु र कुलेन्टको कम कुलिङले हुन सक्छ । इन्जिनबाट गन्ध आउनु राम्रो भने होइन, यदि आएमा इन्जिन भित्र कुलेन्ट लिक भएको छ भनी बुझ्नुपर्छ ।
कुलेन्टले कारको इन्जिनबाट खिया लागेको हटाउनुका साथै पुरानो एन्टी–फ्रिज अवशेष हटाउन पनि मदत गर्छ । यसलाई समय समयमा पालिस गर्दा कारको कुलेन्ट सिस्टम उत्कृष्ट रहन्छ र राम्रोसँग काम गर्छ, जसका कारण कारको इन्जिन पनि चिसो राख्न मदत गर्छ ।
कारको कुलेन्ट समय समयमा पालिसिङ नगर्दा वाटर पम्प पनि खराव हुन सक्छ । यसको साथै पम्प सिल हुन्छ र यसको सिलिङ सतह घिसिन थाल्छ । कारको पानी पम्प लामो समयसम्म चलिरहनको लागि कुलेन्ट सिस्टमलाई फ्लस गर्नु आवश्यक छ ।