सोचेभन्दा पनि उत्साहपूर्ण रुपमा एक्सपो सफल

ध्रुवबहादुर थापा, अध्यक्ष – नाडा

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले आयोजना गरेको ईभी एक्सपो करिव ३५ हजारले अवलोकन गरेको बताइएको छ । ४ दिनसम्म चलेको एक्सपोको करिब ३५ हजार जनाले प्रत्यक्ष अवलोकन गरेको नाडाका अध्यक्ष ध्रुवबहादुर थापाले जानकारी दिए । ‘हामीले सोचेभन्दा पनि उत्साहपूर्ण रुपमा एक्सपो सफल भएको छ,’ उनले भने ।

नेपालको इतिहासमा पहिलो पटक आयोजना गरिएको नाडा ईभी एक्सपोले भविष्यमा सकारात्मक प्रभाव पार्ने नाडा ईभी एक्सपोका सभापति अनुप कुमार बरालले बताए । बरालले भने – चार दिन भएको उक्त एक्सपोमा मैले दुईवटा कुरालाई नियालेको छु, जसमा उपभोक्ता पनि खुशी छन् र आगुन्तुकहरु पनि यस एक्स्पोमा खुशी छन् । एक्सपोमा सहभागि भएका कम्पनीहरुले बुकिङ लिन पाएका छन् भने अवलोकन गर्न आउने आगुन्तुक पनि विद्युतीय सवारीमा आफूहरुले सोचेको भन्दा फरक देख्दा खुशी रहेका छन् । त्यसैले हामी आयोजक टिम खुशी रहेका छौं ।

ईभी एक्सपोमा ब्रान्डका विद्युतीय कार, १६ ब्रान्डका विद्युतीय स्कुटर तथा मोटरसाइकल र एउटा ब्रान्डको तीनपांग्रे विद्युतीय सवारी प्रदर्शनीमा राखिएको थियो। एक्स्पोमा ४ वटा वित्त कम्पनीको समेत सहभागिता थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *