देशकै सर्वोत्कृष्ट भिडोल लुब्रिकेन्ट्सले अटोमोटिभ तथा उद्योगहरुलाई आवश्यक पर्ने लुब्रिकेन्ट्सहरुको बिक्रि वितरण गर्दै आइरहेको सर्वविदितै छ । भिडोल लुब्रिकेन्ट्सको निरन्तर प्रयोगले यन्त्र तथा इन्जिनको आयु समेत लामो पार्ने गर्दछ ।
यसै क्रममा नेपालका उद्योगहरुलाई भिडोल लुब्रिकेन्ट्सको सहि प्रयोगको तरिकाहरु तथा त्यसबाट पाउन सकिने लाभहरुको बारेमा जानकारी गराउन भिडोल लुब्रिकेन्ट्सको नेपालको लागि आधिकारिक वितरक भि. जि. ल्युब प्रालिले होटल भिशुवा विरगञ्जमा ‘इन्डष्ट्रियल मिट’ को आयोजना गरेको थियो । यस कार्यक्रममा ४० वटा भन्दा बढि उद्योगबाट १०० भन्दा बढि प्राविधिक, पर्चेज हेड तथा प्रवन्धकहरुको उपस्थिती रहेको थियो । यस कार्यक्रममा प्रमुख अतिथिहरु टाईड वाटर आयल कम्पनीका ए.जि.एम. प्राविधिक हेड शिरिष चन्दावरकर र अन्र्तराष्ट्रिय विक्रि व्यापार विभागका सुमन्त्रादास गुप्ता रहेका थिए । कार्यक्रम औपचारिक रुपमा भि. जि. ल्युब प्रालिका इन्डष्ट्रियल सेल्स हेड प्रतिक पौडेलले स्वागत मन्तव्यबाट शुरुवात गर्नुभयो र सो कार्यक्रममा अन्य विभिन्न प्रस्तुतिकरणहरु भएको थियो ।
उक्त कार्यक्रममा दिनेश खनालद्वारा गरिएको प्रस्तुतिमा भि. जि. ल्युब प्रालिको परिचय र नेपाली बजार परिदृश्यबारे जानकारी गरिएको थियो, यसैगरि सुमन्त्रादास गुप्ताको प्रस्तुतिमा भिडोल ब्रान्डको सिद्धान्त, सम्पदा र अन्तर्राष्ट्रिय व्यापार परिदृश्य र शिरिष चन्दावरकरको प्रस्तुतिमा उत्पादन विशिष्टता र औद्योगिक सञ्चालनमा लुब्रिकेन्टको प्रविधिबारेमा जानकारी गराइएको थियो । नृत्य र गीत जस्ता मनोरञ्जनात्मक प्रदर्शनद्वारा कार्यक्रमको समापन भएको थियो ।
कार्यक्रम जानकारी मूलक र सहयोगी भएकोमा सहभागीहरूले प्रशंसा पनि गरे । इन्दुशंखर चिनीमिल हरियोन सर्लाहीको खरीद प्रमुख अरविन्द गौतमले “कार्यक्रममा उपस्थित हुन पाउँदा र आफ्नो कम्पनीको सेवामा लामो समयदेखि विश्वस्तताका साथ प्रयोग गर्दै आएका ब्रान्डका बारेमा थप जान्न पाउँदा सौभाग्यशाली महसुस भयो” भनेर व्यक्त गर्नुभयो । उद्योग प्रतिनिधिहरुलाई नयाँ उत्पादनहरुको जानकारी गराउन तथा ब्यापारिक सम्बन्ध बढाउन यस्ता किसिमका कार्यक्रमहरु पहिले देखि नै निरन्तर भई राख्नुपर्ने कुरा भि.जि.ल्युब प्रालिका व्यापार प्रमुख दिनेश खनालले बताउनु भयो ।
टाईडवाटर आयल कम्पनी, लुब्रिकेन्टसहरुको बजारमा प्रख्यात नाम हो । अटोमोटिभ तथा ईन्डस्ट्रीयल बजारहरुमा टाईड वाटर आयलले आफ्ना उत्पादनहरु सप्लाई गरिरहेको छ । टाईड वाटर आयलले आफ्ना उत्पादनहरु भिडोल लुब्रिकेन्टसको ब्राण्ड अन्तर्गत बजारीकरण गर्दै आएको हो । यसको रजिस्टर्ड कार्यालय कोलकतामा छ । यस कम्पनीका भिडोल ब्रान्डेड प्रोडक्टहरु हाल७० भन्दा बढी देशहरुमा विक्रि वितरण भइरहेको छ ।
भि.जी.ल्युबले सन् २०१६ जुलाईदेखी नेपालमा भिडोल लुब्रिकेन्टसलाई प्रतिनिधित्व गर्दै आएको छ । भि.जी.ल्युब भारतको टाईड वाटर आयल कम्पनीको ब्राण्ड भिडोल लुब्रिकेन्टसको लागि नेपालको आधिकारिक विक्रेता हो । लुब्रिकेन्टसहरुको विश्व बजारमा भिडोल चिरपरिचित नाम हो । विश्वका लाखौँ सवारी धनीहरुले भिडोललाई विश्वसनीय लुब्रिकेन्ट ब्राण्डको रुपमा प्रयोग गरिरहेका छन् । यस कम्पनीले नेपाली बजारमा भारत र युरोपको बेल्जियमबाट अत्याधुनिक र उच्च गुणस्तरको लुब्रिकेन्टहरु आयात गरि विक्रि वितरण गर्दै आएको छ ।