टाटाका इभीले ग्राहक आकर्षित गरिरहेको छ

नेपालमा टाटाको कुनै पनि सेग्मेन्टको गाडी खरिद गर्दा सिप्रदीले बनाएको राम्रो ‘इकोसिस्टम’को विश्वास गरेका छन्। टाटाले दिने गाडीको पर्फर्मेन्स, एफोर्डेबल मूल्य तथा नयाँ फिचर्सले पहिलो रोजाइमा कम्पनीका उत्पादन परेको हो । टाटा र सिप्रदीले जसरी कमर्सियल सवारीमा पहिलो स्थान हासिल गर्न सफल भएको छ। त्यसरी नै प्यासेन्जर सवारीमा सो स्थान बनाउन विभिन्न योजनाहरु बनिरहेका छन्। प्यासेन्जर गाडीहरुमा ६ महिना तथा एक वर्षको अवधिमा मोडलहरुलाई उपग्रेड गरिरहेका छौं।

यस्तै नाडा इभी एक्स्पोमा सार्वजनिक भएको नेक्सन इभी प्राइम एउटा उदाहरण हो। यसलाई नयाँ फिचर्समा अपग्रेड गरेको छ। अपग्रेड गरिएको नेक्सनमा अतिरिक्त मूल्य गाभिएको छैन। यो उत्पादन गर्दा अतिरिक्त लागत कम्पनीलाई लाग्छ तर नेपालमा टाटालाई विश्वास गर्ने ग्राहकका लागि अतिरिक्त मूल्य लिएका छैनौं। यो हामीले नेपालको बजारका लागि लिएको रणनीति हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *