नेपालका लागि भेगा र एक्जोर हेल्मेटको आधिकरिक बिक्रेता अटो पार्टस इन्टरनेशनलले धुलिखेलमा डिलर मिट सम्पन्न गरेको छ । नेपाल अधिराज्यबाट १९ वटा डिलरहरु सहभागी भएको उक्त डिलर मिटमा अटो पार्टस इन्टरनेशनलका प्रबन्धक निर्देशक सगुन बिर कंसाकार र भेगा तथा एक्जोर हेल्मेट इन्डियाका बिशाल गिटेको बिषेश उपस्थिति रहेको थियो । बिशाल गिटे कन्ट्री हेड हुन् । कार्यक्रम डिलरसंग प्रश्न उतर अवार्ड बितरण, प्रमाणपत्र बितरण गर्नुका साथैं गोबिन्द ज्ञवालीवाट सम्पुर्ण सहभागीहरुलाई मोतिभेसन पनि प्रदान गरिएको थियो । गोबिन्द ज्ञवाली एन एल पि ट्रेनर हुन् । जो अमेरिका बोर्ड अफ अन एलपिको एकमात्र आधिकरिक प्रशिक्षक हुन् ।
भेगा र एक्जोर हेल्मेटको अधिराज्यभर ४० वटा डिलरहरु रहेका छन् । हाल यो हेल्मेट वार्षिक रुपमा ६० हजार प्रति कम्पनीले बिक्री वितरण गर्दै आइरहेको छ । कार्यक्रममा हाल बिक्री वितरण गर्दै आइरहेको हेल्मेटको साथसाथैं नयाँ हेल्मेट पनि देखाएको थियो । विसाल गितेको अनुसार आगामी दिनमा भेगा र एक्जोरका चार चार वटा नयाँ हेल्मेटहरु नेपालमा आउने पनि जानकारी थियो ।
उक्त कार्यक्रममा उपस्थित सबैलाई डिलरको आधिकारिक प्रमाणपत्र प्रदान गरिनुका साथै सबैभन्दा बढी हेल्मेट बिक्री गर्ने उत्कृष्ट पाँच डिलरहरुलाई अवार्ड पनि प्रदान गरिएको थियो ।
नेपालभरबाट उत्कृष्ट डिलर काठमाडौंका मनिष डंगोल भएका छन् । उनले एक बर्षमा ४ करोड १९ लाखको हेल्मेट बिक्री वितरण गरेर सबै डिलरलाई पछाडि परेको थियो । मनिष डंगोल सुपेरिएर हेल्मेट हाउसका मालिक हुन् भने उनले वटा फ्रन्ट रिसोर्ट पोखरामा २ रात ३ दिनको प्याकेज जितेका छन् । त्यस्तै दोस्रो हुनेमा बुटवलबाट कृष्णप्रसाद भण्डारी वैष्णोदेवी बाइक एसेसोरिज रहेका छन् । तेस्रो हुनेमा विराटनगर नरेश मन्डल र माँ भगवती इन्टरप्राइजेज, चांैथोमा पोखराका उमा शंकर शाह हेल्मेट हाउस, पाँचौंमा बनेपाका सन्जिब सुवाल हेल्मेट मार्ट रहेका छन् । बिजेता सबैले अवार्ड प्राप्त गरेका थिए । भने प्रथम, द्धितिय र तृतियले पोखराको प्याकेज प्राप्त गरेका थिए । धुलिखेलमा आयोजना गरिएको उक्त डिलर मिट एक रात दुई दिन चलेको थियो । कार्यक्रममा उपस्थिति राम्रो थियो भने सबै सहभागीहरुले कम्पनीले प्रदान गरेको ड्रेसमा उपस्थिति जनाएका थिए ।