यामाहा आर१५एम प्रिजेन्ट्स नेपाल रोड रेसिङ च्याम्पियनसिपका विजेता पेट्रोनासका राजकूमार कार्की

नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा नेपाल) र मोटर स्पोर्ट्स नेपाल, FIM को आयोजनामा आजबाट (शुक्रबार र शनिबार) मोटरसाइकल रेसिङ प्रतियोगिता ‘यामाहा आर१५एम प्रिजेन्ट्स नेपाल रोड रेसिङ च्याम्पियनसिप’ भएको छ । ललितपुरको सातदोबाटोस्थित स्विमिङ पुल कम्प्लेक्समा सम्पन्न रेसिङ च्याम्पियनसिपका विजेता पेट्रोनासका राजकूमार कार्की भएका छन् ।

राष्ट्रिय खेलकुद परिषदद्वारा मान्यता प्राप्त सो प्रतियोगिताको आयोजक एफआईएम, नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा नेपाल) र मोटर स्पोर्ट्स नेपाल हुन् । पहिलो दिन शुक्रबार क्वालिफाइङ राउन्ड भएको र दोस्रो दिन शनिबार फाइनल प्रतियोगिता भएको मोटर स्पोर्ट्स नेपालका अध्यक्ष विनोद तण्डुकारले बताए ।

आर१५ सिरिजका बाइकका बीचमा मात्र भएको सो प्रतियोगितामा ४८ जना यामाहा राइडरबीच प्रतिस्पर्धा भएको छ ।

मोटर स्पोर्ट्समा संलग्न युवायुवतीहरुका लागि लक्ष्यित सो प्रतियोगिताका विजेता मध्ये ६ जनालाई आगामी दिनमा भारतको बैंगलोरमा हुने प्रतियोगितामा सहभागी गराइने बताइएको छ । प्रतियोगितालाई क्यास्ट्रोल, गल्फ, पेट्रोनस, लिक्वी मोली आदि विभिन्न लुब्रिकेन्ट ब्रान्ड तथा अन्य ब्रान्डको समेत सहयोग रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *