टाटा मोटर्सको नेपालस्थित आधिकारिक विक्रेता सिप्रदी ट्रेडिंग प्रालिले नेपाली बजारमा नेपालकै पहिलो नाडा ईभी एक्सपोमा आफ्ना नयाँ तथा अत्याधुनिक विद्युतीय गाडीहरु प्रदर्शनीमा राखिएको देखियो जसमा टिगोर ईभी, नेक्सन ईभी डार्क तथा नाडा ईभी एक्स्पोमा नै सार्वजनिक गरिएको नेक्सन ईभी प्राईम पनि थियो ।
पहिलो दिन नाडा ईभी एक्स्पोको उद्घाटन संगै नेक्सन ईभी प्राईम सार्वजनिक गरियो जसमा अवलोकन गर्न आइपुग्नुभएका ग्राहकहरुको एकदम उत्साहजनक प्रतिक्रिया पाईयो । “न्यु फरेभेर“ को अवधारणा अनुरुप निर्माण गरिएको यो गाडीमा मल्टी–मोड रिजेन, रिजेनमा स्वचालित ब्रेक ल्याम्प एक्टिभेसन, क्रुज कन्ट्रोल, टायर प्रेसर मनिटरिंग सिस्टम र ११० सेकेन्डको चार्जिंङ टाइम आउट जस्ता समुन्नत विशेषताहरु छन् ।
“हामीले ईभी हेर्न आउनु हुने ग्राहकहरुमा गाडीको प्रविधि र बिक्री पश्चातका सेवा सुविधाबारे बुझ्न आउनुहुने भेट्यौं, जहाँ गाडीकोबारे उहाँहरु आफैं जानकार हुनुहुन्थ्यो । गाडीको मूल्यभन्दा पनि चार्जिङ एप, चार्जिङ स्टेसन, चार्जर र सर्भिसिंङको जिज्ञासा राख्नेहरुको जमात निकै भेटियो, सिप्रदीका कर्मचारी भन्छन ।
बिहिबार शुरु गरिएको ईभी एक्स्पो चार दिनसम्म चलेको हुँदा हरेक वर्ग तथा उमेरका ग्राहकहरुको सहभागिता भेटियो । काठमाडौँस्थित भृकुटीमण्डपको प्रदर्शनी हलमा राखिएका विभिन्न ब्राण्डका दुई पाङ्ग्रे तथा चार पाङ्ग्रे लगायत अटो पार्ट्सका स्टलहरु पनि राखिएका छन् ।
“त्यसैगरी ईभी मै स्पेयर टायरका साथमा चार्जिङ बक्स र चार्जिङ किट टाटा मोटर्सको तर्फबाट मात्रै भेटें मैले त। गाडी त निकै बलियो र राम्रो छ, चाडैं घर लैजान पाएको भए अझै रमाइलो हुने थियो। “, नाडा ईभी एक्स्पो बीच भेटिएका अवलोकनकर्ताको भनाई ।