नाडा ईभी एक्सपोमा नविल बैंकको विशेष छुट

नाडा ईभी एक्सपो २०२२ मा नविल बैंकले विशेष अफर उपलब्ध गराउने भएको छ । नविल बैंकले ग्राहकलाई निःशुल्क क्रेडिट कार्ड तथा ऋण प्रशासनिक शुल्कमा विशेष छुट उपलब्ध गराउने जनाएको छ । वातावरण तथा दिगो विकासका लागि विद्युतीय सवारी साधनको आवश्यकता रहेकाले यस्तो आकर्षक अफर ल्याएको बैंकले जनाएको छ । यद्यपि ब्याजदर र अन्य जानकारी भने बैंकले खुलाएको छैन । नाडा ईभी एक्सपो अन्तर्गत बैंकको स्टल नम्बर जी–१२ मा ग्राहकलाई तत्काल ऋण मूल्यांकन गरी स्वीकृति पत्रका शर्त लागू हुने गरी कर्जा प्रदान गर्ने सुविधा पनि बैंकले ल्याएको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *