सरकारी कर तिर्नै धौ धौ

माधव प्रसाद पाण्डे

नाटु, केन्द्रिय सल्लाहकार

 

सवारीसाधनको वर्कशप लगायत अधिकाँश कारोवार एकै ठाउँबाट हुनेगरी सरकारले ल्याएको अटोल्याण्डको अवधारणा अनुसार त्यसको जिम्मा आफुले पाउनुपर्ने नाटुका पदाधिकारीले बताएका छन् ।  नेपाल अटोमेकानिक्स टेड युनियन (नाटु) को आयोजनामा ललितपुरको इमाडोलमा भएको युवा भेला कार्यक्रममा बोल्दै अर्का बक्ता नाटुका केन्द्रिय सल्लाहकार माधव प्रसाद पाण्डेले दशकौं देखि थोरै मुल्यमा मर्मत शुल्क लिइँदै आएकोमा यसमा पुनर्विचार गर्नुपर्ने बताए ।

सवारीसाधन जस्तो महत्वपुर्ण चिजमा मर्मत तथा सम्भारको लापरवाहिले सवारी चालक तथा यात्रुको जोखिम बढ्ने तर्फ सबैको ध्यान जानुपर्ने उनले बताए ।
कम शुल्क लिइने गर्दा कामको गुणस्तर पनि सोहि तवरले कमसल हुने र व्यवसायी तथा श्रमिकको आम्दानी पनि निक्कै कम हुँदा शटर भाडा तथा सरकारी कर तिर्नै धौ – धौ भएको सल्लाहकार पाण्डेले बताए ।
पेशाकर्मिको क्षमता विकास, नेतृत्व विकास तथा हक अधिकारको लागि नाटुले सधैं अहम भुमिका खेल्दै आइरहेको बताउँदै सल्लाहकार पाण्डेले मेकानिकहरुलाई समय अनुसार विकास हुँदै आइरहेको प्रविधि र प्रावधानको बिषयमा आवश्यक तालिम तथा प्रशिक्षण दिइदै आइरहेको बताए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *