येज्दी फाइभ थ्री फिफ्टी फेस्टिभल

जावा येज्दी मोटरसाइकल्सले यो चाडपर्वको अवसरमा आफ्नो उपभोक्ताहरुका लागि “येज्दी फाइभ थ्री फिफ्टी फेस्टिभल” योजना ल्याएको छ ।

यस योजना अन्तर्गत येज्दीको भर्खरै बजारमा आएको एड्भेन्चर, स्क्र्याम्ब्लर, रोडस्टर र जावाका अरु मोडलहरु किन्दा हरेक ग्राहकले ५ वर्षको लागि निःशुल्क सर्भिसिंग तथा अन्य उपभोग्य सामानहरु प्राप्त गर्नु हुनेछ, ३ वर्षको लागि वार्षिक कर निःशुल्क हुनेछ,  रु. ५०,००० नगद छुट प्राप्त गर्नुहुनेछ ।

यी आकर्षक उपहारका साथै ग्राहकहरुलाई सजिलो फाइनान्सिंग सुविधा पनि उपलब्ध हुनेछ ।

“यो चाडपर्वको बेलामा हामीले हाम्रा ग्राहकहरुको उच्च गुणस्तरको मोटरसाइकल चढ्ने सपनालाई साकार बनाउँदैछौं । “येज्दी फाइभ थ्री फिफ्टी फेस्टिभल” योजना मात्र हैन, हामीले ग्राहकहरुलाई दिने सर्वोत्कृष्टताको प्रतिबद्धता हो,” कम्पनीले भन्यो ।

६ स्पिड गियर जडित येज्दी मोटरसाइकलहरु ३३४ सिसिको बिएससिक्स (BS6) लिक्विड कुल्ड इन्जिन युक्त छन् जसले न्यूनतम २९.५० बिएचपी पावर र २८.२ एनएमको टर्क दिन्छ ।

यसैगरी, येज्दी मोटरसाइकलहरु डुअल च्यानल एबिएस, बाटो अनुसार चेन्ज गर्न सकिने स्विचेबल एबिएस मोड, स्लिपर क्लच र युएसबी चार्जिंग पोर्ट र सेगमेन्टकै सबैभन्दा बढी ग्राउण्ड क्लियरेन्स जस्ता फिचरहरुले सुसज्जित छन् ।

“हामी सम्पूर्ण मोटरसाइकल पारखीहरुलाई हाम्रो शोरुममा आएर हाम्रा उत्कृष्ट बाइकहरुलाई नजिकबाट हेर्न, बुझ्न र टेस्ट राइड गर्न, तथा हाम्रो यो उत्सव अफरको फाइदा लिन आमन्त्रण गर्न चाहन्छौं ।”

यो चाडपर्वलाई लक्षित गरी सीमित अवधिको लागि ल्याइएको यो अफरले ग्राहकरुलाई चिन्तामुक्त भएर मोटरसाइकल चलाउने अवसर प्रदान गर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *