चितवनमा सिट्रोन गाडीको नयाँ शोरुम

सिट्रोन गाडीको नेपालका लागि आधिकारिक वितरक सांग्रिला मोटर्स प्रालिले चितवनमा नयाँ शोरुम विस्तार गरेको छ ।

चितवनको भरतपुर–१०, रिजाल चोकमा खोलिएको नयाँशोरुम ओजोन मोटर्स रहेको छ ।

सो नयाँ शोरुममा सिट्रोन ई–सिथ्री र सिट्रोन सिथ्री मोडल बिक्रीका लागी उपलब्ध रहनेछन् ।

शोरुमको उद्घाटन उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष चुननारायण श्रेष्ठ, सीसीआईसीका वरिष्ठ उपाध्यक्ष सुमनकुमार श्रेष्ठ, नेपाल पत्रकार महासंघका अध्यक्ष नारायण अधिकारी र सांग्रिला मोटर्स प्रालिका असिस्टेन्ट जनरल म्यानेजर किरण श्रेष्ठले शुक्रबार एक कार्यक्रमबीच गरेका हुन् ।

हालै नेपाल भित्रिएको सिट्रोन ई–सिथ्रिमा २९.२ किलोवाट आवर ब्याट्री जडान गरिएको छ भने मोटर पावर ४२.५ किलोवाट र १४३ एनएमको टर्क प्रदान गर्दछ ।

कम्पनीले यसको ब्याट्रीमा ७ वर्ष वा १ लाख ४० हजार किलोमिटरको वारेन्टी दिएको छ ।

त्यसैगरी यसमा दिइएको विद्युतीय मोटरमा ५ वर्ष वा १ लाख किलोमिटर वारेन्टी रहेको छ ।

उपभोक्ताहरुको अत्यधिक मागलाई सम्बोधन गर्दै सो नयाँ शोरुममा आफ्नो आईस (इन्टरनल कम्बस्चन इन्जिन) मोडेल पनि उपलब्ध गराएको कम्पनीले जनाएको छ ।

सांग्रिला मोटर्सले दशैं र तिहारको अवसरमा प्रमोशनल स्किम पनि ल्याएको छ ।

यस योजना अन्तर्गत, ग्राहकहरूले आकर्षक छुट, निःशुल्क सडक कर, र एक वर्षभरीको लागि निःशुल्क बीमा लगायत लाभहरु पाउन सक्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *