दसैँको मुखमा भित्रियो २ अर्ब ४३ करोडको विद्युतीय गाडी

काठमाडौँ : दसैँ, तिहार तथा छठको मुखैमा नेपाली बजारमा करिब अढाइ अर्बको विद्युतीय गाडी भित्रिएका छन् ।

भन्सार विभागको पछिल्लो तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको साउन र भदौमा गरी २ अर्ब ४३ करोड १५ लाख ९५ हजार रुपैयाँ बराबरका ८ सय ९८ युनिट विद्युतीय गाडी (कार, भ्यान र जिप) नेपाल भित्रिएको हो।

जसबाट १ अर्ब १५ करोड ८२ लाख १२ हजार रुपैयाँ बराबरको राजस्वसमेत संकलन भएको विभागको भनाइ छ ।

समीक्षा अवधिमा ५० किलोवाट ब्याट्री क्षमतासम्मका २ सय ५५ वटा कार, भ्यान, जिप आयात भएका छन् भने ५१ किलोवाटदेखि १०० किलोवाटसम्मका ६ सय ३१ वटा आयात भएका छन् ।

यस्तै, १०१ किलोवाटदेखि २०० किलोवाटसम्मका ९ वटा गाडी आयात भएकोमा सोही अवधिमा २०१ किलोवाट माथिका जम्मा ३ वटा विद्युतीय कार, भ्यान र जिप आयात भएको भन्सारको तथ्याङ्कले देखाएको छ ।

यसको अतिरिक्त तीनपाङ्ग्रेमा १ हजार ४९४ वटा विद्युतीय रिक्सा समेत आयात भएको विभागले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *