वाडाको कर, भन्सार र भिसिटिएस सम्वन्धी तालीम सम्पन्न

नाडा अटोमोवाइल एसोसिएसन अफ नेपाल, पश्चिमाञ्चल अटोमोवाइल डिलर्स एसोसिएसन (वाडा)को आयोजनामा कर, भन्सार र भिसिटिएस सम्वन्धी तालीम सम्पन्न भएको छ ।

satyadeep

व्यवसायिलाई कर, भन्सार र भिसिटिएस सम्वन्धी विभिन्न जानकारी दिन तालमिको आयोजना गरिएको हो ।

नाडाका अध्यक्ष ध्र्रुव थापाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रम वाडाका अध्यक्ष कृष्ण श्रेष्ठको अध्यक्षतामा भएको हो ।

तालीममा आन्तरिक राजस्व कार्यालय पोखराका कर अधिकृत प्रमोद श्रीवास्तव, नाडा अटोमोवाइल एसोसिएसन अफ नेपालका चार्टर्ड एकाउन्टेन्ट निकित अग्रवाल,  राजस्व अनुसन्धान विभागका कम्प्युटर अपरेटर सन्तोष पोखरेलले सहजिकरण गरेका थिए ।

साउन २७ गते सम्पन्न तालीममा १३५ जनाको सहभागिता रहेको वाडाका उपाध्यक्ष दिपेन्द्र कोइरालाले जानकारी दिए ।

hotel crown himalayas

Leave a Reply

Your email address will not be published. Required fields are marked *