पठाओ पार्सल सेवा शुरू

राइड शेयरिङ सेवा प्रदायक पठाओ नेपालले ‘पठाओ पार्सल’ सेवा शुरू गरेको छ । काठमाडौं उपत्यकाभित्र कतै सामान पुर्‍याउनुपरेमा वा ल्याउनुपरेमा पार्सल गर्न सकिने पठाओ नेपालका प्रवक्ता शशांक शमशेर थापाले बताए ।

‘बिर्सिनु त स्वाभाविक हो, पठाओ पार्सल छँदै छ नि’ नाराका साथ पठाओले सामान ढुवानी गर्न पार्सल सेवा विस्तार गरेको हो । पठाओको मोबाइल एपमार्फत यो सेवा लिन सकिने बताइएको छ ।

पार्सल सेवामा पठाउने वा पाउने व्यक्तिले सेवाका लागि रकम तिर्न सक्नेछन् । सामानहरू पार्सल गर्दा केही हानि/नोक्सानी भएमा २ हजार रुपैयाँसम्म क्षतिपूर्ति पाइने थापाले बताए ।

चौबीसै घण्टा सेवा रहेको पार्सल सेवामा अधिकतम दुई किलोसम्म सामान पठाउन सकिन्छ ।

केही समयदेखि परीक्षणमा रहेको यो सेवा बुधवारदेखि पूर्ण रूपमा शुरू भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *