सुजुकी गाडीको मनसुन फ्री सर्भिस क्याम्प

नेपालको लागि सुजुकी गाडीको आधिकारिक बिक्रेता तथा सीजी होल्डिंग्स्को अटोमोबाइल डिभिजन सीजी मोटोकर्पले साउन २४ देखि २६ गतेसम्म मनसुन फ्री सर्भिस क्याम्प’को आयोजना गर्ने भएको छ ।

मनसुन मौसममा हुँने लगातार वर्षाले कुनै पनि सवारी साधनमा नकारात्मक प्रभाव पार्नसक्ने हुनाले यसमा ध्यान पुर्याउन जरुरी भएकोले क्याम्प संचालन गरिने कम्पनीले जनाएको छ ।

सुजुकी ग्राहकलाई यो बिषयमा जानकारी गराउन र गाडीलाई राम्रो अवस्थामा राखिराख्न सो क्याम्प संचालन गरिएको जनाइएको छ ।

सर्भिस क्याम्प अवधिभर सुजुकीका ग्राहकले आफ्नो गाडीको सर्भिसमा आकर्षक छुट र अन्य अफर पाउनको साथै ४ जना भाग्यमानी ग्राहकले चितवनस्थित टाइगर ल्यान्ड सफारी रिसोर्टमा होलिडे प्याकेज पनि जीत्न सक्नेछन् ।

सर्भिस क्याम्पमा ग्राहकले नि:शुल्क एसी/ हिटर चेक, ब्याट्री चेक र ओभरअल चेकअपको सुविधा पाउनेछन् । त्यसैगरी, एसडीटी डायग्नोसिस र ह्विल एलाइनमेन्टमा ५० प्रतिशत छुट र लेवर चार्जमा २०% छुट र एसोसरिजमा, स्पेयर पार्टस् र इन्जिन आयलमा १० प्रतिशत छुट पाउनेछन् ।

सुजुकीको मनसुन फ्री सर्भिस क्याम्प’ नेपालभरीका सबै ५४ सुजुकी सर्भिस सेन्टरहरुमा हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *