बुटवल । बुटवल अटाे ईन्जिनियरिङ एशाेसियसन मैनाबगरले आफ्नाे २८ आै बार्षिकेउत्सवका अवसरमा रक्तदान कार्यक्रम आयाेजना गरि ठुलाे परिमाणमा रगत संकलन गरेकाे छ ।
बार्षिकउत्सवका अवसरमा साउन १५ गते सम्म खेलकुद,सरसफाई, तालिम बृक्षाराेपण, अन्तरक्रिया, रक्तदान लगायत विभित्र कार्यक्रमकाे आयाेजना गरेकाे बुटवल अटाे ईन्जिनियरिङ एशाेसियसनका अध्यक्ष तुल्सिराम न्याैपानेले जानकारि दिए।

उनले संस्थाले आफ्नाे नियमित कार्यकाे अलावा सामाजिक उत्तरदायित्व अन्तरगत यस्ता विभिन्न रचनात्मक कार्यक्रमकाे आयाेजना गरिएकाे जानकारी दिदै रक्तदान कार्यक्रम प्रत्येक बर्ष संचालन गर्दै आएकाे र प्रयाप्त रक्त संकलन गरेकाे जानकारी दिए ।
स्थापना दिवसकाे अवसरमा आयाेजित बृहत रक्तदान कार्यक्रमाे उदघाटन गर्दै बुटवल उपमहानगरपालिका मेयर खेलराज पाण्डेले सस्थाले महतवपुर्ण काम गरेकाे वताउदै अटाेभिलेजकाे विकासमा जाेडदिने वताए ।
यस अवसरमा अटाे ब्यवसायि, मजदुर तथा विभिन्न ब्यक्ति हरूवाट गरि १ सय ७६ पिन्ट रगत संकलन भएकाे र संकलित रगत संचार केन्द्र बुटवललाई हस्तान्तरण गरिएकाे कार्यक्रमका संयाेजक एव सस्थाका उपाध्यक्ष कृष्ण प्रसाद न्याैपानेले जानकारि दिए।

सस्थाका अध्यक्ष तुल्सिराम न्याैपानेकाे अध्यक्षतामा संचालन भएकाे कार्यक्रममा नेपाल अटाे मेकानिक्स व्यवसायि महासंघका अध्यक्ष जनार्दन गैंरे, सस्थापक अध्यक्ष खड्कबहादुर गाैचन, रक्तदाता समाजका अध्यक्ष कृष्ण चाैहान, वडा अध्यक्ष नरेन्द्र बस्नेत, रामचन्द्र खनाल, महासचिव ध्रुबराज भुषाल लगायतले बाेल्दै रक्तदान जिवनदान भएकाे वताउदै यस्ता कार्यक्रमले धेरैकाे जीवन बचाउन सहयाेग पुग्ने वताए ।
– Damodar Khanal@Butwal