हेटौडा अटोमोबाइल्स एशोसिएसनले आयोजना गरेको अन्तर प्रदेश अन्तरक्रिया कार्यक्रम चितवनकाे पर्यटकीय नगरी सौराहमा सम्पन भएको छ |
एशोसिएसन का अध्यक्ष दामोदर प्रसाद अटलकाे सभापतित्वमा भएको कार्यक्रम मा NADA का बागमती प्रदेश संयोजक सुदेश कुमार श्रेष्ठ र आमन्त्रित केन्द्रीय सदस्य अमृत जोशी काे विशेष आतिथ्यता रहेको थियो |
चितवन अटोमोबाइल्स एशसिएसनका अध्यक्ष कृष्ण प्रसाद भण्डारी जानकी अटोमोबाइल्स एशसिएसन अफ नेपालका अध्यक्ष केदार अग्रवालले ब्यबसायिक हक हित बारेमा र वर्तमान ब्यबसायिक मन्दीकाे विषम परिस्थिति मा अटोमोबाइल्स व्यवसायीकाे अवस्था र आगामी दिनमा लिनु पर्ने व्यवसायिक राणनितीको बारेमा चर्चा गर्नु भएको थियो |
उक्त कार्यक्रममा उपस्थित ३संस्थाले आपसी सहयोग गर्ने विषय मा सदैव एक हुने प्रतिवद्धता व्यक्त गर्नु भएको थियो |
२ दिन सम्म संचालन भएको उक्त कार्यक्रममा संस्थाका पूर्व अध्यक्ष सुरेश कुमार श्रेष्ठ निवर्तमान अध्यक्ष सागर सापकोटा पदाधिकारी, कार्य समितिका सदस्य र साधारण सदस्यहरुकाे पनि उल्लेखनिय उपस्थिति रहेको थियो |
उक्त कार्यक्रमकाे संयोजक संस्थाका सचिव जितेन्द्र तिवारीले गर्नु भएको थियो |
व्यावसायिक रिफ्रेशमेन्ट सहितको कार्यक्रममा हेटौडा अटोमोबाइल्स एशसिएसनले आफ्नो बोर्ड बैठक समेत सञ्चालन गरेको कार्यक्रम संयोजक जितेन्द्र तिवारीले जानकारी दिनुभयो |