वीरगंज आइसीपीमा ३३ करोड पार्किङ शुल्क

चालू आव २०७९/०८० सकिन लाग्दा पनि ती गाडीहरु भन्सार जाँचपास नभएको कारण होल्ड गरिएको हो ।

आइसीपी व्यवस्थापन गर्ने निकाय नेपाल इन्टरमोडेल यातायात विकास समिति वीरगंजका प्रमुख कमल ज्ञवालीका अनुसार हालसम्म वीरगंज आइसीपीमा १७२८ नयाँ सवारी साधनमध्ये १२ सय ४५ वटा नयाँ गाडी बस, ट्रकको चेचिस मात्रै छन् भने विभिन्न कम्पनीको जीप, कार, भ्यान गरी ४८३ वटा होल्ड भएका छन्।

सबै गाडी असार मसान्तसम्म जाँचपास भएर छुटेको खण्डमा इन्टरमोडेललाई ३३ करोड पार्किङ वापतको रकम प्राप्त हुने उनको अनुमान छ ।

भारत वा विदेशबाट गाडी आयात गरी आइसीपीमा प्रवेश गराउँदा २४ घण्टा पार्किङ शुल्क लाग्दैन।

त्यसपछि एक साता, एक महिनासम्म र त्यसपछि लामो समय अवधीमा गाडी पार्किङ गरी होल्ड गर्दा प्रतिदिन अधिकतम ८ सय ३० रुपैयाँ पार्किङ शुल्क वापत तिर्नुपर्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *