Skip to content
यातायात कार्यालयमा चालु आर्थिक वर्षको ११ महिनामा ४ हजार २४९ युनिट विद्युतीय स्कुटर र बाइक दर्ता भएका छन्।
कार्यालयका अनुसार यो अवधिमा ३ हजार ७४१ युनिट विद्युतीय स्कुटर दर्ता हुँदा ५०८ युनिट मात्र इलेक्ट्रिक बाइक दर्ता भएका छन्।
विद्युतीय दुई पांग्रेको दर्ता पछिल्लो समयमा घट्दो क्रममा रहेको कार्यालयले जनाएको छ। मंसिरमा ७४७ युनिट विद्युतीय स्कुटर र बाइक दर्ता भएको थियो।
तर पछिल्लो महिना वैशाखमा जम्मा २५० युनिट विद्युतीय स्कुटर र बाइक दर्ता भएका कार्यालयले जनाएको छ।
यसलाई हेर्दा विद्युतीय स्कुटर र बाइकको दर्ता ७० प्रतिशतले घटेको कार्यालयले जनाएको छ।
चालु आवको साउनमा ४४९ युनिट, भदौमा ५२५ युनिट, असोजमा ३७१ युनिट, कात्तिकमा ५८६ युनिट दर्ता भएकोमा मंसिरमा भने दर्ता संख्या बढेर ७४७ युनिट पुगेको थियो ।
त्यसपछि विद्युतीय स्कुटर बाइकको दर्ता ओरालो गतिमा छ। जसमा पुसमा ६२९ युनिट, माघमा १९० युनिट, फागुनमा ४८ युनिट, चैतमा १५४ युनिट, वैशाखमा २५० युनिट र जेठमा २३० युनिट दर्ता भएका छन्।
Post Views: 268