वीरगन्ज र भैरहवामा करिब नौ सय प्यासेन्जर कार–जिप थन्किएका छन् । दुई ठाउँमा बस १३० र बसको चेसिस १७६ जाँचपास नभई थन्किएका छन् ।
देशभर विकास निर्माण र ढुवानी सेवामा शिथिलता आउँदा ट्रक, टिपर, पिकअप सबैभन्दा धेरै थुप्रिएको व्यवसायीको गुनासो छ ।
‘आइसिपीपरिसरमा थुप्रिएका ट्रक–टिपरले नै देशमा विकास निर्माण र निर्माण सामग्री उत्पादक उद्योग सुस्ताएको देखाउँछ,’ वीरगन्जका प्रमुख भन्सार अधिकृत धनबहादुर बरुवाल भन्छन्, ‘आयातकर्ताले निर्माण सामग्री ढुंगा, माटो, गिट्टी बोक्ने ट्रक र टिपर भान्सार जाँचपास गर्न नसक्नु नै यो क्षेत्र शिथिल बनेको संकेत हो ।’
वीरगन्ज आइसिपीमा मात्रै कार र जिप सात सय ६८, एम्बुलेन्स ४२, बस एक सय ३०, बसका चेसिस १७५, टिपर ३७, चेसिस (ट्रक, टेलर, टिपर, पिकअप) ५७६ रहेको इन्टरमोडल यातायातले जनाएको छ ।
यस्तै, रुपन्देहीको बेलहियामा पनि ठूलो संख्यामा गाडी पार्किङ गरेर राखिएको छ । त्यहाँ बस ३५, बसको चेसिस १, कार–जिप एक सय ६, पिकअप ११ सय १३ र ट्रक एक सय २२ वटा भन्सार जाँचपास हुन बाँकी रहेको भैरहवा भन्सार कार्यालयले जनाएको छ ।
वीरगन्ज सुक्खा बन्दरगाहमा विभिन्न कम्पनीका ३५ गाडी जाँचपास नभई थन्किएका छन् ।