अमलेखगन्ज–चितवन पेट्रोलियम पाइपलाइन निर्माण

दुई देशका प्रधानमन्त्रीस्तरमा भएको समझदारीअनुसार ६२ किलोमिटर लामो अमलेखगन्ज–चितवन पेट्रोलियम पाइपलाइन निर्माण खर्च भारतका तर्फबाट आइओसीले व्यहोर्नेछ ।

सन् २०२० मा गरिएको अध्ययनअनुसार यसको लागत चार अर्ब ३८ करोड अनुमान गरिएको छ ।

पाइपलाइनबाट आएको इन्धन भण्डारण गर्न चितवनको लोथरमा एक लाख तीन हजार एक सय ५० किलोलिटर क्षमताको भण्डारणगृह बनाइने र यसको खर्च भने आयल निगमले व्यहोर्नेछ ।

यो भण्डारणगृह बनाउन नौ अर्ब ८८ करोड लागत अनुमान गरिएको छ ।

त्यस्तै, ५० किलोमिटर लामो सिलगुडीदेखि झापाको चारआलीसम्मको पेट्रोलियम पाइपलाइन निर्माण खर्च चार अर्ब ६० करोड अनुमान गरिएको छ ।

चारआलीमा ४१ हजार सात सय ५० किलोलिटर इन्धन अटाउने भण्डारण गृह बनाइने र यसको लागत आठ अर्ब तीन करोड रुपैयाँ अनुमान गरिएको छ । यी दुवैको खर्च आइओसीले व्यहोर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *