मोटरसाइकल चोर विराटनगरबाट पक्राउ

मोटरसाइकल चोरी गरेर भाग्दै गरेका ३ जनालाई प्रहरीले विराटनगरबाट पक्राउ गरेको छ ।

मोरङको ग्रामथान गाउँपालिका–१ का कृष्ण राजवंशी, विराटनगर महानगरपालिका–१ का ओमप्रकाश कामत र विराटनगर–३ का आदर्श चौधरी पक्राउ परेका हुन् ।

मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालका अनुसारको ९ प ९३४६ नम्बरको मोटरसाइकल चोरेर भाग्दै गर्दा उनीहरुलाई पक्राउ गरिएको हो।

विराटनगर–१९ मा रहेको ड्रिम गार्डेनमा पार्किङ गरेर राखेको मोटरसाइकल शनिबार साँझ चोरी भएको थियो ।

पार्किङ गरेर राखेपछि मोटरसाइकलका धनी पौडी खेल्न गएका बेला उनीहरुले चोरी गरेको जानकारी दाहालले दिए, प्रहरीले घटनाका बारेमा साँझ ७ बजेतिर जानकारी पाएको थियो ।

अस्थायी प्रहरी चौकी घिनाघाटबाट खटिएको टोलीले चोरीको मोटरसाइकलसहित घटनामा संलग्न ३ जनालाई ड्रिम गार्डेननजिकबाटै पक्राउ गरेको हो ।

३ जना मिलेर मोटरसाइकल चोरी गरेको पाइएको डीएसपी दाहालले बताए ।

उनका अनुसार पक्राउ परेकाविरुद्ध चोरी मुद्दा चलाउन आइतबार अदालतबाट म्याद लिएर घटनाको बाँकी अनुसन्धान अघि बढाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *