टिभिएसका लागि नेपालको आधिकारिक बिक्रेता जगदम्बा मोर्टस अन्तर्गत ललितपुरको युनिराइड अटो र नेपाल अटोमेकानिक्स व्यवसायी संघको पि. जि. एम मिट सफलतापूर्वक सम्पन्न भएको छ ।
उक्त कार्यक्रममा जगदम्बा मोटर्स अर्न्तगत म्रिगेन बर्नेजी, (CBO) र सर्भिस हेड अमरदिप मिजिन्धर तथा स्पेयर पार्टस हेड द्रोण संग्रौला, ललितपुर ट्राफिक प्रमुख प्रल्हाद सिल्वाल र नेपाल अटोमेकानिक्स व्यवसायी संघको अध्यक्ष रुद्र खड्का लगायत अरु करिब 70 जना अटोमेकानिक्सको समित्व सहितको उपस्थितीमा कायक्रम सम्पन्न भएको छ ।
आगामी दिनहरुमा आपसी सम्बन्ध अझैं सुमधुर बनाउन, मेकानिक्ससँगको सहकार्य गरी नयाँ टेक्नोलोजीको बारेमा प्राविधिक जानकारीहरु दिने युनि राइड कम्पनीका सन्चालक निर्मल सिग्देलले जानकारी दिएका छन् ।