यामाहाको ट्याक्स रिल्याक्स रोमाञ्चक अफर

 दुईपाङ्ग्रे सवारी साधनको अग्रणी उत्पादक कम्पनी यामाहाले देशभरका शोरुममार्फत दुईपाङ्ग्रे सवारीसाधन प्रेमीहरूका लागि नयाँ रोमाञ्चक अफर घोषणा गरेको छ ।

यामाहा ट्याक्स रिल्याक्स अन्तर्गत कुनै पनि यामाहाको मोटरसाइकल तथा स्कूटर खरिद गर्दा पहिलो दुई वर्षको सडक कर पनि खरिद लागतमै कभर हुनेछन् ।

यामाहा ट्याक्स रिल्याक्सले ग्राहकका विभिन्न समस्या र चिन्तालाई हटाउन सो अफर ल्याउको बताइएको छ ।

यामाहा नेपालका प्रमुख कार्यकारी अधिकृत राजु क्षेत्रीले भने, ‘यामाहामा सवारी गर्नु भनेको अनावश्यक आर्थिक तनावबाट मुक्त भई रमाईलो अनुभव गर्नु हो भन्नेमा हामी विश्वास गर्छौँ ।

यामाहा ट्याक्स रिल्याक्सका कारण हाम्रा ग्राहकहरूले उनीहरूको सडक कर खर्चको ख्याल राखिएको छ भनी जान्दै आनन्दका साथ यात्रा गर्न सक्नेछन् ।

यो प्रवर्द्धनले उत्कृष्ट स्वामित्व अनुभव प्रदान गर्ने हाम्रो प्रतिबद्धता देखाउँछ ।’

यामाहाले यो वाहेक विभिन्न आकर्षक अफरहरु उपलब्ध गराइरहेको छ । शून्य प्रतिशत ब्याजदर देखि आफूलाई उपयुक्त लाग्ने निश्चित दरको डाउन पेमेन्ट गरेर यामाहाका मोटरसाइकल वा स्कुटर लिन सकिन्छ । यसका लागि विशेष फाइनान्स सुविधा समेत उपलब्ध भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *