म्यानमारको सेनाको हेलिकोप्टर बिहीबार बिहान ने पाई ताव केन्द्र शासित क्षेत्रको लुई टाउनसिपमा दुर्घटना हुँदा त्यसमा सवार दुईजनाको मृत्यु भएको छ ।
म्यानमारको राज्य प्रशासन परिषद्ले जनाए अनुसार तालिमका क्रममा मण्डले क्षेत्रको मिक्टिला जाँदै गरेको सेनाको हेलिकोप्टर टाउनसिपको लेदारगी गाउँबाट करिब पाँच किलोमिटर दक्षिणपश्चिममा रहेको लेवे टाउनसिपमा प्राविधिक खराबीका कारण दुर्घटना भएको हो ।
मृत्यु हुनेमा हेलिकोप्टरका पाइलट र प्रशिक्षार्थी रहेको बुझिएको छ ।