बसपार्क बाहिरका टिकट काउन्टर हटायो

काठमाडौं महानगरपालिकाले नयाँ बसपार्कभन्दा बाहिर रहेका टिकट काउन्टर हटाउन सुरू गरेका छ।

उसले केही दिनअघि सार्वजनिक सूचना जारी गर्दै नयाँ बसपार्कबाट मात्रै काठमाडौं बाहिर जाने र भित्रने सवारीहरू सञ्चालन गर्न भनेको भनेको थियो।

त्यही अनुसार शुक्रबार बिहानैबाट महानगरका प्रहरीहरूले टिकट काउन्टर हटाउन सुरू गरेका हुन्।

टिकट काउन्टर हटाउन नगर प्रहरीका अतिरिक्त सशस्त्र र नेपाल प्रहरी पनि उल्लेख्य मात्रामा परिचालन गरिएको छ।

नगर प्रहरीहरूले बसपार्क बाहिर राखिएका टिकट काउन्टरका बोर्डहरू हटाइरहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *