अस्ट्रेलियामा भएको बस दुर्घटनामा १० जनाको मृत्यु

अस्ट्रेलियाको न्यू साउथ वेल्स राज्यको हन्टर भ्याली क्षेत्रमा बस सडकमा पल्टिँदा कम्तीमा १० जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन्।

प्रहरीका अनुसार घाइते ११ जनालाई हेलिकप्टर र सडकबाट अस्पताल लगिएको थियो।

साथै, १८ यात्रु भने सो दुर्घटनाबाट जोगिएका छन्।

प्रहरीका अनुसार घटनापछि आपतकालीन सेवालाई घटनास्थलमा बोलाइएको थियो।

त्यसपछि ठूलो आपतकालीन अपरेशन सुरु गरिएको थियो।

समाचार अनुसार बसका चालकलाई अनिवार्य परीक्षण र मूल्याङ्कनका लागि प्रहरी सुरक्षामा अस्पताल लगिएको छ।

घाइतेहरुको नजिकको न्यू ल्याम्बटन हाइट्सको जोन हन्टर अस्पताल र वाराताहको मेटर अस्पतालमा उपचार गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *