ग्लोबल आइएमई बैंकका ग्राहकलाई लुम्बिनी केबलकारमा क्यासब्याक

ग्लोबल आइएमई बैंकको मोबाइल एप्लिकेसन ग्लोबल स्मार्ट प्लस मार्फत लुम्बिनी केबलकारको टिकटमा १० प्रतिशत क्यासब्याक पाउनेछन् ।

बैंकले बुटवलस्थित लुम्बिनी केबलकारको टिकट खरिदमा क्यासब्याक उपलब्ध हुने योजना सार्वजनिक गरेको हो ।

यो योजना अन्तर्गत ग्लोबल स्मार्ट प्लस प्रयोगकर्ताले बैंकको क्युआर मार्फत भुक्तानी गर्दा तथा डेबिट–क्रेडिट कार्ड प्रयोगकर्ताले बैंकको पिओएस मेसिनबाट टिकट खरिद गर्दा १० प्रतिशत तथा अधिकतम सयसम्म क्यासब्याक पाउनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *