क्रसफायर बाइकको मूल्य घट्यो

क्रसफायर बाइकको मूल्य घटेको छ ।

सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत् २०० सीसीभन्दा माथिका बाइकमा अन्तःशुल्क र सडक कर घटाएपछि बाइकको मूल्य घटाएको हो ।

कम्पनीले क्रसफायर मोडलका सम्पूर्ण बाइकको मूल्य घटाएको छ ।

त्यसमा कम्पनीले ८ लाख ८८ हजार क्रसफायर आर २५० सीसी बाइकको मूल्य ४५ हजार घटाएर ८ लाख ४३ हजार रुपैयाँ मूल्य कायम गरेको छ ।

त्यस्तै, कम्पनीले ७ लाख ७० हजार पर्ने क्रसफायर एचजी २५० को मूल्य ७१ हजार रुपैयाँले घटाएको छ ।

कम्पनीले अबदेखि उक्त बाइकको मूल्य ६ लाख ९९ हजार रुपैयाँ कायम गरेको छ ।

साथै, कम्पनीले क्रसफायर ट्रयाकर २५० सीसी बाइकको मूल्य ४० हजार रुपैयाँले घटाएको छ ।

कम्पनीले यसअघि ४ लाख १० हजार रुपैयाँमा बिक्री गर्दै आएकोमा अबदेखि ३ लाख ७० हजारमा बिक्री गर्ने जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *