वुलिंग एयर ईभी किन्दा इलेक्ट्रिक १ लाख १५ हजार पर्ने साइकल उपहार

काठमाडौं : नेपालमा ३१ वर्ष देखि बिक्री गर्दै आएको विश्वको प्रसिद्ध ब्राण्ड बज्र ग्रुप अन्तर्गतको वुलिंग एयर ईभी किन्दा १ लाख १५ हजारको इलेक्ट्रिक साइकल उपहार पाउने भएको छ।

वुलिंग एयर सञ्चालनमा आएको दुईवर्ष पुग्नै लाग्दा यो अफर ल्याएको कम्पनीले जनाएको छ।

कम्पनीको अनुसार उक्त साइकलमा बोस्चको मोटर र सामसुङको ब्याट्री उपलब्ध छ।

कम्पनीले यो स्कीम जेठ २३ गतेबाट लागु हुने गरी नक्साल, राधेराधे र भैसेपाटी शोरुमबाट उपलब्ध गराउँदै आएको छ।

सानो साइज, राम्रो रेन्ज र सुरक्षा फिचरमा पनि राम्रो भएको कारण विलिङले अन्तर्राष्ट्रिय बजारमा राम्रो व्यापार गरिरहेको छ।

यो मिनी कारको लम्बाई २९७४ एमएम, चौडाई १५०५ एमएम र उचाई १६३१ एमएम रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *