विद्युतीय सवारीको उत्पादन लागत निकै महँगो छ। विद्युतीय कारमा प्रयोग हुने ब्याट्रीको उत्पादन लागत महँगो हुँदा कारको लागत बढी भएको हो।
गएको ५ वर्षको तुलनामा ब्याट्री उत्पादन लागतमा कमी आएको भए पनि पेट्रोलियम कारसँग प्रतिस्पर्धा गर्ने सक्ने मूल्यमा आइपुगेको छैन।
विद्युतीय कारको लागत नै महँगो भएकाले संसारभरका सरकारहरुले उत्पादक देखि उपभोक्ता सम्मलाई प्रत्यक्ष सहुलियत देखि कर सहुलियसम्म दिँदै आएका छन्।
सहुलियतको सीमा क्रमशः कम हुँदै गइरहेको छ। त्यसैले विद्युतीय कारको लागत उपभोक्ताका लागि महँगो परिनै रहेको छ।
यस्तैमा अमेरिकी कार उत्पादक कम्पनी फोर्डका प्रमुख कार्यकारी अधिकृत जिम फर्लेले २०३० भन्दा अघि विद्युतीय कारको लागत घट्न नसक्ने बताएका छन्।
२०३० देखि २०३५ सम्ममा भने विद्युतीय कारको उत्पादन प्रक्रिया सामान्यीकरण हुने र श्रमिक लागत कम हुने भएकाले २०३५ पछिमात्र विद्युतीय कारले मूल्य पेट्रोलियम कारसँग प्रतिस्पर्धा गर्ने अवस्था आउने उनको भनाइ छ।