Skip to content
स्कोडाको बहुप्रतीक्षित एसयूभी कुशाकको २०२३ भर्सन अब छिट्टै नेपाली बजारमा सार्वजनिक हुने भएको छ।
नेपालका लागि स्कोडाको आधिकारिक बिक्रेता एमएडब्लु इन्टरप्राइजेजले स्कोडा कुशाकको २०२३ भर्सनको बुकिङ खुल्ला भएको पनि जानकारी दिएको छ।
एमएडब्लुले अबको २० दिन भित्र यसको बिक्री सुरु गर्ने तयारी गर्दै बुकिङ खुल्ला गरेको हो।
नयाँ स्कोडा कुशाक आकर्षक स्टाइलिङ, अपडेटेड डिजाइन र नयाँ फिचर सहित नेपाली बजारमा सार्वजनिक गरिने कम्पनीले जनाएको छ।
स्कोडा कुशाकको २०२३ भर्सनमा १.० लिटरको टिएसआई इन्जिन दिइएको छ जसले अधिकतम ११५ पिएस पावर र १७५ एनएमको टर्क प्रदान गर्दछ।
यसमा ६ स्पिड म्यानुअल र अटोमेटिक ट्रान्समिसन उपलब्ध रहेको छ।
नयाँ कुशाकमा माइल्ड हाइब्रिड टेक्नोलोजी दिइएको कारण यसको माइलेज पहिले भन्दा धेरै रहेको कम्पनीले जनाएको छ।
सो एसयूभीको टप स्पेक भेरिएन्टमा अल ह्वील ड्राइभ प्रणाली पनि रहेको छ।
नयाँ स्कोडा कुशाकको शुरुवाती मूल्य ४९ लाख ९० हजार रुपैयाँ तोकिएको छ भने सबैभन्दा टप भेरिएन्टको मूल्य ७४ लाख ९० हजार रुपैयाँ निर्धारण गरिएको छ।
Post Views: 218