काठमाडौं महानगरले नि:शुल्क एम्बुलेन्स सेवा प्रदान गर्ने

काठमाडौं महानगरले २४सै घन्टा निःशुल्क एम्बुलेन्स सेवा प्रदान गर्ने भएको छ ।

मेयर बालेन्द्र साहले शनिबार सामाजिक सञ्जालमार्फत अब २४सै घन्टा निःशुल्क सेवा उपलब्ध गर्ने घोषणा गरेका हुन् ।

 ‘१०२ नम्बर डायल गरी काठमाडौं भरि २४सै घन्टा निःशुल्क एम्बुलेन्स सेवा लिन सक्नुहुन्छ,’ उनले सामाजिक सञ्जाल मार्फत भनेका छन्, ‘यो सुविधा प्रयोग गरेबापत कुनै शुल्क तिर्नुपर्ने छैन ।’

निःशुल्क एम्बुलेन्स सेवा प्रदान गर्नका लागि महानगरले नेपाल एम्बुलेन्स सेवासँग सम्झौता गरेको छ । एम्बुलेन्स प्रयोग गर्दा नेपाल एम्बुलेन्स सेवालाई आर्थिक रकम तिर्नेछ ।

महानगरले आर्थिक भार बोक्ने गरी एम्बुलेन्स सेवा प्रदान गर्न लागिएको महानगरका प्रवक्ता नवीन मानन्धरले बताए ।

उनले भने, ‘हामीसँग आफ्नै एम्बुलेन्स त छैन, हामीले सम्झौता गरेर सर्वसाधारणलाई सहजीकरण गरेका हौँ, यसको आर्थिक खर्च महानगरले व्यहोर्छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *