नेपालमा एफडी ब्राण्डका स्कुटर सार्वजनिक

ग्रन्थ इलेक्ट्रिक भेहिकल प्रालिले नेपाली बजारमा एफडी ब्राण्डमा एफ फाइभ र एफ फाइभ ए २ वटा माेडलमा विद्युतीय स्कुटर सार्वजनिक गरेको छ ।

चीनमा एसेम्बल भएका आकर्षक डिजाइनको स्कुटरले डिजाइनले सजिलै कसैलाई पनि लोभ्याउन सक्छ । कम्पनीले नेपालमै विद्युतीय स्कुटर एसेम्बल गर्ने तयारी गरेको छ ।

चीनमा एसेम्बल भएपनि डिजाइन भने ग्रन्थ ईभीले नै गरेको हो । आवश्यक सामान पनि कम्पनीले नै सप्लाई गरेको छ ।

 ग्रन्थ ईभीका संस्थापक तथा सीईओ सुजन ढुंगेलले नेपालको माटो सुहाउँदो विद्युतीय स्कुटर लिएर आएको बताए ।

स्कुटरको डिजाइन इटालीका इन्जिनियरले गरेको ग्रन्थ ईभीका प्रमुख सञ्चालन अधीकृत जीवन श्रेत्रीले जानकारी दिए ।

 तर अब विस्तारै नेपालमा उत्पादन हुन सक्ने सामग्रीहरू प्रयोग गर्ने कम्पनीको तयारी छ । त्यसका लागि ग्रन्थ ईभीले राष्ट्रिय आविष्कार केन्द्रसँग सहकार्य गरेको छ ।

बजारमा उपलब्ध अन्य विद्युतीय स्कुटर भन्दा ग्रन्थ ईभीको स्कुटर सस्तो र गुणस्तरीय भएको ढुंगेलको भनाइ छ ।

गुणस्तरमा कहिले पनि तलमाथी नगर्ने र स्कुटरलाई अझै सस्तो बनाउन कोसिस गर्ने कम्पनीले जनाएको छ ।

विशेषता र मूल्य

स्कुटरमा १६ इन्च १४ इन्चका टायर प्रयोग गरिएको छ । यी दुई विद्युतीय स्कुटरमा साइड ड्राइभ मोटर प्रयोग गरिएको छ ।

यो मोटरका कारण उकालो ओरालोमा स्कुटर सजिलै गुडाउन सकिने छ । साथै राम्रो र पावरफुल पर्फमेन्स पनि हुने कम्पनीको दावी छ ।

किस्ताबन्दीमा समेत किन्न सकिने स्कुटरमा लिथियम फेरो फस्पेट ब्याट्री प्रयोग गरिएको छ । ब्याट्रीमा सबैभन्दा राम्रो लिथिमय फस्फेट हो ।

यसका साथै यसमा राखीएको ब्याट्रीले रेन्ज बढी दिनेछ ।

एफ फाइभ मोडलमा ६० भोल्ट ३० एएच ब्याट्री रहेको छ भने एफ फाइभ एमा ६० भोल्ट ४५ एम्पियरको ब्याट्री प्रयोग गरिएको छ ।

ब्याट्रीमा ३ वर्ष र मोटरमा २ वर्षको वारेन्टी रहेको छ  । साढे चार घण्टामा स्कुटर फुल चार्ज हुनेछ  ।

एक पटक चार्ज गरेपछि एफफाइभले ७०-९० किलोमिटर र एफ फाइभ एले ९०-११० किलोमिटरसम्म रेञ्ज दिनेछ ।

दुबै स्कुटरमा ब्याट्री ब्रेक रिजेनेरेटेड सिस्टम प्रयोग गरिएको छ । यसले गर्दा ब्रेक हान्दा खर्च भएको शक्तिले फेरि ब्याट्रीमा आएर रिचार्ज हुन्छ, जसले गर्दा रेन्ज बढी दिनेछ ।

स्कुटरमा फास्ट चार्जर प्रविधि पनि राखिएको छ । दुबै स्कुटर क्यान बस कम्युनिकेसन कन्ट्रोलर समेत जडान गरिएको छ, जसले एकै ठाउँमा सबै सूचना देखाउनेछ ।

एफ फाइभ मोडलेको मूल्य २ लाख ४८ हजार ९९९ रूपैयाँ तोकिएको छ भने एफ फाइभ एको मूल्य २ लाख ८९ हजार ९९९ रूपैयाँ तोकिएको कम्पनीले बुकिङ समेत खुला गरेकाे छ ।

स्कुटर सार्वजनिक भएको अवसरमा कम्पनीले अफर समेत ल्याएको छ । यस अन्तर्गत स्कुटर गुडेको किलोमिटरका आधारमा कम्पनीले विद्युतको बिल बराबरको क्यास दिनेछ ।

सरकारले विद्युतीय स्कुटरमा कुनै छुट दिए अहिले किन्ने ग्राहकले एभरेजिङको आधारमा पैसा पनि फिर्ता पाउनेछन् ।

यसका साथै ग्रन्थ ईभीले संस्थागत सामाजिक उत्तरदायीत्व अन्तर्गत बिक्री भएका प्रत्येक स्कुटरबाट ५०० रूपैयाँ  महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्रमा दिने जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *