नेपालमा रनयाङका इलेक्ट्रिक स्कुटर

नेपाली बजारमा चाइनिज ब्रान्ड रनयाङका इलेक्ट्रिक स्कुटर उपलब्ध गराउदै आएको एचजी मोटर्सले टेकुमा नयाँ शोरुम स्थापना गरेको छ ।

हाल नयाँ वर्ष २०८० को उपलक्ष्यमा स्कुटरमा १५ हजार रुपैयाँ छुटको समेत व्यवस्था छ ।

रनयाङ रनरमा २००० वाटको मोटर छ । यसको मूल्य २ लाख १५ हजार र १ लाख ७६ हजार रुपैयाँ छ ।

त्यसैगरी रनयाङ क्लाइम्बरमा ३००० वाटको मोटर छ । यसको मूल्य २ लाख २५ हजार र १ लाख ८६ हजार रुपैयाँ छ ।

रनयाङका दुई मोडल बिक्रीका लागि उपलब्ध छन् रनर र क्लाइम्बर । दुवै स्कुटरमा लिड एसिड र लिथियम ब्याट्री अप्सन उपलब्ध छ ।

यी स्कुटरमा ७२ भोल्ट ३२ एम्पियरको ब्याट्री छ ।

यी स्कुटर पावर र फास्ट क्लाइम्बिङका लागि उपयुक्त छन् । रिमोट चार्जिङ, बर्गलर अलार्म, एक्सपर्ट टायर एसेम्बली टेक्नोलोजी, इफेक्टिभ रिडक्सन अफ रोलिङ रेजिस्टेन्स, डिजिटल इन्टेलिजेन्ट, मोडब्लक ड्राइभ सिस्टम, रिमोट कन्ट्रोल लगायतका विभिन्न फिचर यसमा उपलब्ध छन् ।

कम्पनीले बुटवल, भैरहवा लगायत उपत्यका वाहिर पनि यी स्कुटर बिक्री गरिरहेको छ ।

काठमाडौंको सामाखुसीमा पहिलेदेखि नै शोरुम उपलब्ध भएकोमा हाल टेकुमा समेत नयाँ शोरुम स्थापना गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *