मकवानपुरमा मोटरसाइकल दुर्घटना

मकवानपुरको भिमफेदी गाउँपालिका वडा नम्बर ६ जुरिखेत स्थित हेटौंडा–भिमफेदी–कुलेखानी–काठमाडौं सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यलय मकवानपुरले दिएको जानकारी अनुसार बुधबार साँझ काठमाडौंबाट हेटौंडातर्फ आउँदै गरेको बागमती प्रदेश ०२ ०२० प ४२३७ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना भएको थियो।

दुर्घटनामापरी मोटरसाइकल चालक बारा जिल्लाको पर्सौनि नगरपालिका वडा नम्बर ५ का २५ वर्षीय लाल बाबु सहनि मलाहा र मोटरसाइकलको पछाडि बसेका सोहि स्थानका २० वर्षीय गोरख भन्ने रवीन्द्र मण्डलको मृत्यु भएको हो ।

दुर्घटनामापरी घाइते भएका मोटरसाइकल चालक मलाहाको हेटौंडा अस्पतालमा उपचारका क्रममा र पछाडि बसेका मण्डलको घटनास्थल मै मृत्यु भएको जिल्ला प्रहरी कार्यलय मकवनपुरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्ष टेक बहादुर कार्कीले जानकारी दिए । मृतक दुबैजनाको शव हेटौंडा अस्पतालमा रहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *