नेपाली मोटर स्पोर्ट्सको क्षेत्रमा मात्र नभै विश्वको अटोमोबाइल क्षेत्रकै इतिहासमा लोकप्रिय महिला मोटरसाइकल र्याली यसपटक MOTOGIRLS TO THE SINDHULIGADHI को नाममा हुदैछ।
International Female Ride Day (May 6, 2023) को सन्दर्भमा आगामी वैशाख २३, २०८० गते हुने र्याली Nepal Tourism Board काठमाडौँबाट शुरु भई सिन्धुलीगढीमा समापन हुनेछ ।
र्यालीको उदश्यः
विगत केही वर्ष देखि महिला मोटरीङ्ख र मोटरसाइक्लिङ्खको क्षेत्रमा क्रियाशिल नासा वमेन कमिसन अन्तर्गतको WIMA Nepal द्धारा आयोजना गर्ने सो र्यालीमा १४ जना राइडरहरु सहभागी हुनेछन ।
सो र्यालीमा सहभागीले मुलतः Adventure , Women Empowerment & Two-Wheel Touring को कम्विनेसन पाउनेछन् भने सडक सुरक्षाको संदेश प्रवाह गर्नेछन् ।
जसले सिन्धुलीगढीको साथमा समग्र सिन्ध्लीको पर्यटन प्रवद्घनमा महत्वपुर्ण अर्थ राख्नेछन् ।
र्यालीको रुट :
सो र्याली काठमाडौँ देखी सुरुभै भक्तपुर, बनेपा, धुलीखेल, खुरकोट हुदै सिन्धुलीकला घरको अवलोकन पश्चात सिन्धुलीगढीमा टुङगीन्छ । सहभगिताहरुलाई Safety Riding orientation दिइनेछ ।
Registration:
र्यालीमा सहभागी हुन इच्छुकले सहभागीको फारम भर्नु पर्नेछ जहाँ साक्षि तथा पारिवारिक विवरण समेत समावेश गरिएको छ।
सबै प्रकारका बाइक सहभागी हुन सक्ने सो र्यालीमा सबै उमेर समुहका महिलाहरुले भाग लिन पाइनेछ ।
र्याली व्यवस्थापन तुलसा पहाडीको संयोजकत्वमा समिति गठन गरिएको छ । र्यालीलाई विभिन्न सामाजिक, व्यवसायिक तथा पर्यटकिय र खेल, संघ संस्थाहरुले सहयोग गरेको छ ।
Nepal Tourism Board, NASA Nepal, Kathmandu Legends, Kavach Gears, Petronas Sprinta र Reboost Energy Drink को Hospitality Partner को रुपमा Ganapati Resort रहेको छ ।
जसले नेपाली टुह्विल टुरीङ्ख र महिला सशक्तिकरणको लागी नयाँ आयाम थप्ने छ ।