कमर्सियल गाडीको लागि एक्साइड एक्सप्रेस ब्याट्री

पिकअप, ट्रक, टिप्पर, बस जस्ता कमर्सियल गाडीहरुको लागि उच्च प्रविधिबाट निर्मित एक्साइडको एक्सप्रेस ब्याट्री नेपालमा किफायती साबित भइरहेको छ ।

सिप्रदी ट्रेडिङ्ग प्रालिले नेपाली बजारमा सबै प्रकारका ठूला गाडीहरुमा प्रयोग गर्न सकिने एक्साइड एक्सप्रेस ब्याट्री विक्री वितरण गरिरहेको छ ।

बिक्रि सुरु भएको छोटो समयमा नै गाडी व्यवसायीहरुबाट एक्साइड एक्सप्रेस ब्याट्रीप्रति सकारात्मक प्रतिक्रिया आइरहेको छ ।

उच्च प्रविधिबाट निर्मित एक्साइड एक्सप्रेस ब्याट्रीको उत्पादनमा उच्च तापक्रम, कम्पन तथा जोल्टिङ्ग सहन सक्ने भरपुर क्षमता छ ।

कम्पनीको अनुसार “विशिष्ट ट्री रिडायल ग्रिडमा डिजाइन भएको एक्सप्रेस ब्याट्री छिटो चार्ज हुन्छ ।

म्याजिक आईको विशेषताले गर्दा ब्याट्रीको चार्ज अवस्था बाहिरैबाट हेर्न पनि मिल्छ ।

त्यसैले अत्याधुनिक डिजाइनमा बनेको एक्साइड एक्सप्रेस ठूला गाडीको लागि चर्चित ब्याट्री हुदैछ ।”

विशेष खालको पॉलीप्रोपाइलीन र रिब्स प्रयोग गरी बनाइएको एक्सप्रेस कन्टेनरमा चुहावट र फुट्ने–चर्कने जस्ता समस्याहरू आउँदैन ।

फ्याक्ट्रीबाट चार्ज भएर आउने यस ब्याट्रीलाई सिधै गाडीमा प्रयोग गर्न मिल्ने बताइन्छ । एक्सप्रेस ब्याट्री एक्साइडको नेपालभर रहेका डिलरहरु मार्फत खरिद गर्न सकिन्छ ।

साथै, ग्राहकहरुले पुरानो ब्याट्री साटेर नयाँ एक्सप्रेस ब्याट्री आकर्षक छुटमा पनि प्राप्त गर्न सक्नेछन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *