काठमाडौं : सेगवे इलेक्ट्रिक स्कुटर ई-१०० मार्फत धीरेनमान श्रेष्ठले ईतिहास रच्दै पूर्वदेखि पश्चिम काँकडभिट्टा देखि महेन्द्र नगरसम्मको यात्रा सफलतापूर्वक सम्पन्न गरेका छन्।
दुईवटा ब्याट्री र दुईवटा फास्ट चार्जर जडित सेगवे इलेक्ट्रिक स्कुटर ई-१०० ले आरामदायी र सुविधाका साथ यात्रालाई सफल बनाएको थियो।
यो यात्राले वातावरण मैत्री यातायात साधनको प्रतिनिधित्व गर्दै लामो दूरीको यात्राका लागि विद्युतीय सवारी साधनको उपयोगिता र उत्कृष्टता प्रमाणित गरेको छ।
६ रात ७ दिनको साहसिक यात्राका लागि दुईवटा ब्याट्री र दुईवटा फास्ट चार्जरसहित पूर्वी सीमावर्ती शहर काँकडभिट्टाबाट धिरेनले यात्रा सुरु गरेका थिए। उनले सम्पूर्ण यात्राको दौरान चार्जिंग खर्च ६५० रुपैयाँ मात्रै खर्चिएका थिए।
यस किफायती र कम लागतको विद्युतीय स्कूटरको यात्राले आगामी दिनहरुमा वातावरण मैत्री यातायात साधनका विकल्पहरूको प्रवर्द्धन गरेको छ र इन्धनको माग घटाउन प्रोत्साहन दिएको छ।
यस यात्राको सबैभन्दा प्रभावशाली पक्षमध्ये एक न्यूनतम वातावरणीय प्रभाव हो। शून्य उत्सर्जन र ध्वनि प्रदूषणको साथ, सेगवे इलेक्ट्रिक स्कूटर ई-१०० एक वातावरण मैत्री विकल्प साबित भएको छ।