काठमाडौँ : अग्नि ग्रुपले येज्दी ब्रान्डका क्लासिक लिजेन्ड्स बाइक नेपाल भित्र्याएको छ। ग्रुपअन्तर्गतको अग्नि मोटोइंकले ३ वटा मोडलका येज्दी मोटरसाइकल भित्र्याएको हो।
येज्दी मोटरसाइकलको ३ मोडलमा रोडस्टर, स्क्राम्बलर र एभभेन्चर एकै पटक सार्वजनिक भएका हुन्।
सबै मोडलका बाइक ३३४ सीसी, सिंगल सिलिन्डर, फोर स्ट्रोक रहेका छन्। बाइकको मूल्य ९ लाख १६ देखि ९ लाख ९८ हजार रुपैयाँ रहेको छ।
भारतीय ब्रान्ड येज्दी मोटरसाइकल १९७० देखि बजारमा उपस्थित थियो। भारतदेखि युरोपका बजारमा येज्दी ब्रान्डमा मोटरसाइकल गुड्ने गरेका छन्।
रोडस्टर एक क्लासिक क्रुजर हो। यसलाई खुल्ला सडकहरुमा लामो सवारीको लागि उत्तम मोटरसाइकल बनाउँछ।
स्क्रयाम्बलर एउटा असाधारण र बहुमुखी मोटरसाइकल हो जसले सहरको सडकदेखि अफ रोड ट्रोलहरुसम्म कुनै पनि भूभागलाई ह्यान्डल गर्न सक्छ।
एडभेन्चर मोटरसाइकल नेपालको भौगोलिक बनावट अनुसार अफरोडको लागि डिजाइन गरिएको छ। अग्नि मोटोइंकले नेपालमा क्लासिक जावा २ वर्ष अघि क्लासिक बाइक भित्राएको छ।
अग्नि ग्रुपका कार्यकारी निर्देशक अर्जुन शर्माले अफरोड गाडी र बाइक बिक्री अग्नि ग्रुपले गरिरहेको बताए। भारतमा राम्रो बिक्री भएकाले नेपालमा यसको माग राम्रो हुने बताए।