बालाजुको पेट्रोल पम्प सिल गरियो

काठमाडौँ — घरको सटरभित्र मापदण्ड विपरीत सञ्चालन भइरहेको बालाजुको एक पेट्रोल पम्पलाई काठमाडौं महानगरपालिकाले सिल गरिदिएको छ ।

महानगरका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले नियमविपरीत सञ्चालनमा रहेको कोतःधुकु पेट्रोल पम्प सिल गरिएको जानकारी दिए ।

उक्त पेट्रोल पम्पका कारण जोखिम बढेको भन्दै स्थानीयले गुनासो गर्दै महानगरलाई गुहारेका थिए ।

पम्प हटाउनका लागि महानगरले ताकेता गरे पनि नहटाएपछि सिल गरिएको पाण्डेले जानकारी दिए ।

बालाजु–ठमेल सडकको दायाँतर्फ रहेको उक्त पम्पले सडकबाटै सवारीसाधनलाई तेल हालिदिँदा जोखिम बढेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *