निर्देशिकामा समेटियो नेपाली सवारी दर्ताको विषय

काठमाडौँ — नेपालमै बनेका नयाँ सवारीसाधनको दर्ता, लिलामी दर्ता, नामसारी लगायतका यातायात व्यवस्थापन कार्यविधि निर्देशिकामा समेटिएको छ ।

यातायात व्यवस्था विभागले बिहीबार सार्वजनिक सूचना जारी गर्दै यातायात व्यवस्थापन कार्यविधि निर्देशिकामा नयाँ बुँदा थप गरी संशोधन गरिएको जानकारी दिएको छ ।

कार्यविधि निर्देशिकामा नेपालमा बनेका सवारीसाधन दर्ता तथा नामसारीका लागि भन्सार प्रज्ञापनपत्र आवश्यक नपर्ने व्यवस्था गरिएको छ ।

उत्पादक कम्पनीलाई भ्याट बिल बिजक भने आवश्यक पर्नेछ । निर्देशिकामा दुई वटा बुँदा थप गरिएको छ ।

जसअन्तर्गत पहिलो बुँदामा भनिएको छ कि ‘यस निर्देशिकामा अन्यन्त्र जुनसुकै कुरा लेखिएको भएता पनि विदेशबाट पार्टपूर्जा पैठारी गरी नेपालमा जडान हुने वा नेपालमा नै उत्पादन हुने सवारीको नयाँ दर्ता, सरुवा दर्ता, हेरफेर दर्ता, लिलाम दर्ता, पुन दर्ता र नामसारी लगायत प्रयोजनका लागि त्यस्ता सवारीको भन्सार प्रज्ञापनपत्र आवश्यक पर्नेछैन ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *