तरहरा-धरान सडक पुन: निर्माण हुने

सुनसरी — इटहरीको तरहरादेखि सेउती पुलसम्मको ६ लेन सडक निर्माण कार्यले तीन दिनभित्र पुन: निरन्तरता पाउने भएको छ ।

रानी–विराटनगर–इटहरी–धरान ६ लेन सडक विस्तार आयोजना अन्तर्गतको सो सडक निर्माण कार्य एक वर्षदेखि अपलत्र हुँदा यात्रुले सास्ती पाएको भन्दै इटहरी उपमहानगरपालिकाको ठेकेदारले पुन: काम थाल्ने लिखित प्रतिबद्धता जनाएको हो ।

बुधबार इटहरी उपमहानगरपालिका र ६ लेन सडक विस्तार आयोजनाबीच भएको छलफलमा निर्माण कम्पनीले तत्काल तीन दिनभित्र सडक निर्माण थाल्ने लिखित सहमति भएको नगरप्रमुख हेमकर्ण पौडेलले बताए ।

इटहरी उपमहानगर क्षेत्रमा बन्न बाँकी साढे ५ किलोमिटर सडक चाँडो पूरा गर्न पटक-पटक निर्माण कम्पनीलाई उपमहानगरले ध्यानाकर्षण गराउँदै आएको थियो भने प्रतिनिधिसभामा समेत आवाज उठेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *